अर्थ समाज स्थानीय खबर

बिर्तामोडमा सर्जिकल सामानको बिक्री कक्ष खुल्यो

बिर्तामोड, १ बैशाख । अस्पतालको हब बन्दै गएको बिर्तामोड क्षेत्रमा अस्पतालका लागि चाहिने अत्यावश्यक सर्जिकल सामग्रीहरुको बिक्री कक्ष सञ्चालनमा आएको छ ।

सुरुङ्गाका युवा व्यावसायी सुजन शिवाकोटीले सञ्चालन गर्नुभएको सर्जिकल स्टोरको आज बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले उद्घाटन गर्नुभयो ।

क्यानोपस हेल्थ केयर काठमाडौंको शाखाका रुपमा बिर्तामोडमा सर्जिकल स्टोर सञ्चालनमा आएको शिवाकोटीले बताउनुभयो । यहाँबाट भिडियो एक्सरे, एक्सरे मेसिन, अल्ट्रासाउण्ड मेसिनलगायातका अस्पतालका लागि आवश्यक सबै प्रकारका मेसिनरी र सर्जिकल सामग्रीहरु किन्न सकिने छ । क्यानोपस हेल्थ केयर विदेशबाट भिडियो एक्सरे तथा एक्सरे मेसिनको आयातकर्ता समेत रहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक