समाज

घुम्ति शिविरबाट स्थानीयबासी लाभान्वित

फिदिम, २१ बैशाख । मालपोत कार्यालय– पाँचथरले हालै जिल्लाकादुर्गम भेगमा पुगेर सञ्चालन गरेको जग्गा प्रशासनसम्बन्धी घुम्ती सेवाबाट त्यहाँका नागरिक लाभान्वित भएका छन् ।

सो पहाडी जिल्लामा त्यस्तो सेवा एउटा नौलो प्रयोग रहेको हाम्रा सहयोगीले जनाएका छन् । कार्यालयले गतचैत २४ गतेदेखि एक सातासम्म तुम्बेवा गाउँपालिकामाघुम्ती सेवा प्रदान गरेको हो ।

घुम्ती सेवाको शुरुवात नै तुम्बेवा गाउँपालिकाबाट गरिएको थियो । तुम्बेवा गाउँपालिकाबाट १ वर्षमा१०–१२ जना सेवाग्राही बाहेक मालपोत कार्यालय पुग्ने गरेका थिएनन् । तर, यसपटक उक्त गाउँपालिकामामालपोतको टोलीले प्रत्यक्ष रूपमा १ सयभन्दा बढी नागरिकलाई जग्गा सम्बन्धी सेवा प्रदान गरेको जनाइएको छ । सदरमुकाम टाढा भएकाले पनि जग्गाको लिखत कारोबार कम भएको हुनसक्ने आकलन गरिएको छ ।

सो घुम्ती सेवाबाट सेवाग्राहीलाई अंशबण्डा, बकसपत्र, राजीनामा, दृष्टिबन्दकी, भोगबन्धकी जस्ता लिखत पारित गर्ने तथा नामसारी, दाखा लगायतका सेवा स्थानीयस्तरमाप्रदान गरिएको छ ।

घरजग्गाको रोक्का, फुकुवा, संशोधन र नामसारी गर्न अन्यको तुलनामा वृद्धवुद्धा, अपांग, अशक्त र महिलालाई गाह्रो हुने भएकाले उक्त सेवा शुरु गरिएको कार्यालय–प्रमुख बाबुराम पोखरेलले जानकारी दिए । सो क्रममा सेवाग्राहीको जटिलतम कारोबार धेरै वर्षदेखिबाँकी रहेको पाइएको उनले बताए ।

तथापि सो घुम्ती सेवामा नापी कार्यालयले सहभागितानजनाएका कारण कतिपय सेवाग्राहीको काम शतप्रतिशत सम्पन्नहुन नसकेको हाम्रा सहयोगीले जनाएका छन् ।

‘जग्गा सम्बन्धी सम्पूर्ण कार्यहरू मालपोत कार्यालयमा हुने गर्दछ । तर, सबैले मालपोत कार्यालयसम्म पुगेर सेवा लिन नसक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले गाउँपालिकामै गएर सेवाप्रदान गरेको हो’ कार्यालय–प्रमुख पोखरेलले भने ।

हालसम्म देशका कुनै पनि मालपोत कार्यालयले गाउँपालिका क्षेत्रमै गएर कुनै पनि सेवा प्रदान गरेको छैन । तर, मालपोत कार्यालय–पाँचथरले भने देशमै पहिलो पटक घुम्ती सेवा प्रदान गरी सेवाग्राहीलाई सहजबनाएको हो ।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागको स्वीकृतिपछि पाँचथर मालपोत कार्यालयले घुम्ती सेवाको लागि अग्रसरता लिएको बताउने कार्यालय–प्रमुख पोखरेल भन्छन्– ‘आगामीदिनमा पाँचथरका अन्य ६ वटा गाउँपालिकामा समेत यस्तो घुम्ती सेवा प्रदान गर्ने योजना छ ।’

जसमा पाँचथर मालपोत कार्यालयको टोलीले मिक्लाजुङ गाउँपालिकामा बैशाख ३ देखि ८ गतेसम्म सञ्चालन गरेको घुम्ती सेवामा जग्गा प्रशासन सम्बन्धी परामर्श सेवा करीब १ हजार जनाले लिएको जनाइएको छ ।

चालू आर्थिक वर्षभित्रै अब जिल्लाको फाल्गुनन्दगाउँपालिकामा बैशाख २५ देखि ३१ गतेसम्म, फालेलुई गाउँपालिकामा जेठ २ बाट १४ गतेसम्म, कुम्मायक गाउँपालिकामा जेठ २२ देखि २८ गतेसम्म, याडवरक गाउँपालिकामा असार ५ देखि ११ गतेसम्म र हिलिहाङ गाउँपालिकामा असार १९ देखि २५ गतेसम्म घुम्ती सेवा लिन पाउनेछन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक