समाज स्थानीय खबर

कोरोना संक्रमणले उद्योगी पोखरेलको निधन

भद्रपुर, २७ जेठ । झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको बुधबार राति निधन भएको हो ।

काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे पाखरेलको निधन भएको उनका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिए । ५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए ।

नेपाल प्लाइउड भेनियर संघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । बिर्तामोड नगरपालिका ३ निवासी पोखरेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक