समाज स्थानीय खबर

मेचीनगरबाट साथीको हत्या गर्ने पक्राउ

झापा, ३ असार । झापा मेचीनगर नगरपालिका–५ का ४० वर्षीय भीमराज लिम्बूको हत्या गरी फरार रहेका सोही स्थानका ५६ वर्षीय सुकराज लिम्बूलाई पक्राउ गरिएको छ ।

बुधबार राति मेचीनगर–५ इटाभट्टास्थित अधेरी टोलको ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा भीमराज मृत अवस्थामा फेला परेका थिए ।

तत्काल घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरेसँगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो । पक्राउ परेका सुकराजले आपसी झगडा हुँदा खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधी घटना घटाएको अनुसन्धानको क्रममा स्विकार गरेका छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक