विचित्र विश्व

संसारको सबैभन्दा सुन्दर लामखुट्टे

लामखुट्टेबारे जानकारी दिनुपर्दा धेरै शब्द प्रयोग गर्न सकिएला तर यसको वर्णन गर्दा कसैले पनि ‘सुन्दर’ शब्द प्रयोग गर्लान् जस्तो लाग्दैन । यद्यपि, त्यस्ता केही अपवाद पनि हुन्छन् जहाँ लामखुट्टेलाई सुन्दर भन्न सकिन्छ । साबेथेस क्यानियस लामखुट्टेको यस्तो प्रजाति हो जसलाई ‘आई क्याचिङ’ भन्न मिल्छ ।

मध्य र दक्षिण अमेरिकाको ट्रपिकल फरेस्टमा पाइने साबेथेस लामखुट्टेको एउटा यस्तो प्रजाति हो जुन निलो रङ र प्वाङजस्तो पेडलका लागि परिचित छ । यो लामखुट्टेको प्रजाति असाध्यै चञ्चल हुने र यसको फोटो खिच्न पनि असाध्यै गाह्रो हुने बताइन्छ ।

‘यो लामखुट्टेले सानोभन्दा सानो आवाज र प्रकाशमा पनि प्रतिक्रिया दिन्छ,’ वाइल्डलाइफ फोटोग्राफर गिल वाइजेनले बीबीसीलाई भने । एजेन्सी

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक