राजनीति समाज स्थानीय खबर

एसमा सनाखत गर्ने प्रदेश १ का १० सांसदले पाए मान्यता

झापा, २६ भदौ । निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ ।

आयोगका अनुसार प्रदेश १ प्रदेशसभा सदस्यहरु राजन राई, खिनु लङ्वा (लिम्बू), पदम कुमारी गुरुङ, गणेश बहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्र प्रसाद घिमिरे र राजेन्द्रकुमार राई अब नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम रहने भएका हुन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक