अर्थ समाज स्थानीय खबर

झापामा वाइबी बियर लन्ज

झापा, २६ भदौ । यति ब्रुलरीको उत्कृष्ट उत्पादन वाइबी डार्क बियर झापामा लन्ज गरिएको छ ।

झापाको अर्जुनधारा–५, लक्ष्मीपुरमा मुख्य पसल रहेको मामा भान्जा टे«ड एण्ड सप्लायर्स मुख्य डिलर रहेको यस क्षेत्रबाट यस बियरको अर्जुनधारा, बिर्तामोड, कनकाई नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र हल्दिबारी गाउँपालिका क्षेत्रको उक्त मामा भान्जा टे«डले मुख्य डिलरसिप गर्ने मामा भान्जा ट्रेड एण्ड सप्लायर्सकी प्रोपाइटरद्वय मन्दिरा गौतम र केशव गौतमले बताउनुभयो ।

यसका सञ्चालकमा यस क्षेत्रकै कुशल बैकर्सद्वय डिल्लीराम अधिकारी र विनोद गौतम रहनुभएको छ । यति ब्रुलरीका तर्फबाट एरिया मेनेजरमा सुमन सुवेदी, एरिया इञ्चार्जमा दिपक थापा, सेल्स मेनेजरमा दिपक क्षेत्री, सेल्स अफिसरमा लोकेन्द्र न्यौपाने र क्षेत्रीय डिलरमा युवराज घिमिरे रहनुभएको छ ।

आगामी दिनमा अन्य उत्पादनलाई समेत झापामा बजारीकरण गरिने प्रोपाइटर मन्दिरा गौतमले बताउनुभयो । यसैबीच, आजै झापाका विभिन्न बजारहरुमा वाइबी वियरको लन्ज कार्यक्रम समेत गरिएको छ । ग्राहकहरुले अन्य वियर भन्दा यसलाई छुट्टै र छिट्टै मन पराइदिएको मन्दिरा गौतमले बताउनुभयो । ८ प्रतिशत अल्कोहल रहेको यस बियर ३३० मिलिलिटरमा उपलब्ध रहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक