राजनीति समाज स्थानीय खबर

एमसीसी सम्झौता राष्ट्रघात होः सीपी मैनाली

झापा, २७ भदौ । नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताएका हुन् ।

अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे । मैनालीले चीनलाई सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको दाबी गरे गर्दै उनले एमसीसी नेपाल सरकारले तुरुन्त फिर्ता लिनु पर्ने बताए । एमसीसी नेपालले सदनबाट पारित गरेमा नेपालले अमेरिकाको उपनिवेश बन्ने कुरा पनि उनले प्रष्ट पारे ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक