समाज स्थानीय खबर

झापाको अर्जुनधारामा ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा ३ जना घाइते

झापा, २७ भदौ । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो ।

आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रनाउ आचार्यले बताए । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक