समाज स्थानीय खबर

झापामा ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, २८ भदौ । झापा भद्रपुर नगरपालिका–८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिनको ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक