समाज स्थानीय खबर

प्रसाईंद्वारा प्रहरीलाई टेलिभिजन प्रदान

काँकरभिट्टा, २८ साउन । व्यवसायी श्याम प्रसाईंले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई ३२ इञ्चको एलइडी टेलिभिजन प्रदान गरेका छन् ।

विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिएका थुनुवाहरुको लागि प्रसाईंले टेलिभिजन प्रदान गरेका हुन् । प्रसाईंले हिरासतमा रहेका थुनुवाले टेलिभिजन हेरेर नयाँ ज्ञान आर्जन गर्नुका साथै आपराधिक क्रियाकलापमा संलग्न हुनबाट सचेत बनून् भनेर टेलिभिजन प्रदान गरेको बताए ।

कार्यालयका डिएसपी सुनिल दाहालले हिरासतमा बसेका थुनुवालाई समय कटाउने व्यवस्था तथा आपराधिक क्रियाकलापमा संलग्न हुँदा भोग्नुपर्ने सजाय लगायत कानुनी प्रावधानका विषयमा जानकारी दिन टेलिभिजनले ठुलो मद्दत पुग्ने बताए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक