समाज

बससँग ठक्कर खाई मोटरसाइकल यात्रीको मृत्यु

धनकुटा, २८ भदौ । धनकुटा सागुरीगढी गाउँपालिका–६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाउँपालिका–४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् । हिजो बेलुका पौने ५ बजे संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक ईलाम चुलाचुली गाऊपालिका ६ का ३३ बर्षीय रत्न कुमार राई समेत सामान्य घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । बस र बस चालक सुनसरी धरान १३ का ५८ बर्षीय कृष्ण बहादुर पाख्रिन ईलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक