समाज स्थानीय खबर

बिर्तामोडबाट ब्राउनसुगर ओसारपसार गर्ने दुई युवा पक्राउ

बिर्तामोड, २९ भदौ । झापाको बिर्तामोड नगरपालिका–३ बाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ वर्षीय भीमराज राई र पथरी–१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । को २७ प ८६७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सोमबार राति इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाइकल चालक राईको साथबाट २३ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बू समेतको संलग्नता पाइएकाले उनलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक