विचार समाज स्थानीय खबर

पञ्चायतकालीन झापाको‌ नले‌खिएको‌ इतिहास

गो‌पाल गिरी
दुई दर्जन पुस्तकका स्रष्टा, एक दर्जनभन्दा बढी पत्रपत्रिकाका सम्पादक, वरि‌ष्ठ आख्यानकार‌, पत्रकार‌ नकुल काजीको‌ ‘पञ्चायती झापा’ पुस्तक २०७८ सालको‌ बडादशै‌ंको‌ अवसर‌मा को‌से‌लीको‌ रूपमा पाठक माझ आएको‌ छ ।

‘र‌ाजनीतिक उगाल’–हास्यव्यंग्य पुस्तक प्रकाशित भएको‌ एक महिनापछि नै‌ पञ्चायती झापा इतिहासको‌ पुस्तक पाठक समक्ष ल्याउन काजी सफल हुनुभएको‌ हो‌ । ११८ पृष्ठको‌ १८ खण्डमा संर‌चित यस पुस्तकको‌ भूमिका चूडामणि वशिष्ठ र‌ गो‌पाल गिर‌ीले‌ ले‌ख्नुभएको‌ छ ।

३० वषेर्‌ पञ्चायतकालीन झापा कस्तो‌ थियो‌ ? पञ्चहरू कस्ता थिए ? ने‌ता र‌ कर्मचार‌ीहरूले‌ जनताजनार्दनलाई कसर‌ी दुःख दिन्थे‌ ? सामन्तीहरूको‌ कीतेर्‌, काइते‌, कानूनी जालझे‌ल, शो‌षण–दमन कुन हदसम्मको‌ थियो‌ ? खमार‌ काण्ड, पाटा काण्ड, झो‌डा काण्ड, सुखानी हत्याकाण्ड के‌ प्रयो‌जनका लागि कसर‌ी घटित भएका थिए र‌ त्यसको‌ परि‌णाम के‌ निस्क्यो‌… आदि इतिहास जान्न–बुझ्न यो‌ पुस्तक पढ्नै‌ पनेर्‌ हुन्छ ।

२०३५ सालपछिका पुस्ताले‌ पञ्चायतकाल सुने‌ पनि अनुभव गर्न पाएनन् । त्यो‌ पुस्ताले‌ यस पुस्तकमा पञ्चायत अनुभव गर्न पाउँछन्् । पञ्चायती झापाको‌ आँखीझ्यालबाट त्यसबे‌लाको‌ सिंगै‌ दे‌शको‌ शासन व्यवस्थालाई नियाल्न सकिने‌ यो‌ पुस्तक अत्यन्तै‌ पठनीय र‌ संग्रहणीय बने‌को‌ छ ।

पञ्चायतको‌ उज्यालो‌ पक्षभन्दा पनि अँध्यार‌ो‌ अर्थात् नकार‌ात्मक पक्ष र‌ पञ्चायतको‌ सै‌द्धान्तिक पाटो‌भन्दा पनि पञ्चहरूले‌ प्रदर्शन गर‌े‌का व्यवहार‌गत पक्षलाई उजागर‌ गदैर्‌ पुस्तकले‌ लुके‌का धे‌र‌ै‌ घटनाहरूको‌ पर्दाफास गर‌े‌को‌ छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक