अनिल वाग्ले
प्रभाव क्षणिक, अल्पकालीन र दीर्घकालीन रुपले पर्छ । प्रभाव, त्यसमा पनि सकारात्मक र नकारात्मक ढङ्गले पर्छ । सकारात्मक प्रभाव क्षणिक, अल्पकालीन र दीर्घकालीन जे भए पनि त्यो सुखद् नै हुन्छ तर प्रभाव नकारात्मक प¥यो भने त्यसले असर नै गर्छ ।
हाम्रो परिवेशमा त्यस्ता धेरै नकारात्मक प्रभाव जमाउने गतिविधि भइरहेका छन् । त्यसको असर दीर्घकालमा समेत पनेर् निश्चित छ । त्यो प्रभावको जिम्मेवार निकायले नजरअन्दाज गरेर कानमा तेल हाल्ने परिपाटीले भयंकर संकटको सामना भावी पिँढीले बेहोनेर् स्थिति देखा परिसक्यो । छोरा पिँढीलाई काकाकुल उपहार प्राप्त हुँदैछ ।
प्रभाव, दवाव र मोहले जिम्मेवार निकाय तथा पदाधिकारी चुप छन् । देख्छन् तर देखेँ भन्दैनन् । बोल्छन् तर बोल्नुपनेर् ठाउँमा बोल्दैनन् । निर्णय गर्छन् तर कार्यान्वयन गदैर्नन् । नियन्त्रण गर्न सक्छन् तर गदैर्नन् । कारण, गिरोहले सबै तिर नियन्त्रण गरिसकेको छ ।
एक दशक अघिलाई फकेर्र हेनेर् हो भने हाम्रा खोलानालामा कञ्चन पानी बग्थे । बढेमानका ढुङ्गा अबिचलित भई खोला बगरमा हुन्थे तर अहिले न ति बढेमानका ढुङ्गा छन् न त खोला नदी नियन्त्रित छन् । मुहान सुकिसके, केही सुक्ने तरखरमा छन् । पानीका मुहान रसाउन छाडेका मात्र छैनन् जमिनदेखि सयौँ मिटर मुनिसम्म पानीको सतह भासिइसक्यो । कुलोका मुहानमा पानी उठ्न छोड्यो । चुरे क्षेत्र र त्यसदेखि तलपनेर् भूभागहरु सुख्खा जमिनमा परिणत हुने दिशा तर्फ अघि बढेका छन् ।
एक दशकमा ठूला नदी तथा खोलाहरु १० फिट भन्दा तल गहिरिइ सके । त्यहाँ ढुङ्गा बालुवाको चोरी निकासी बढेको छ । उजाड खोलाहरुमा नीतिगत भष्ट्राचार मौलाएको छ । क्षणिक फाइदामा छोरा पिँढीदेखि नै हाम्रा सन्ततीहरुलाई प्रभाव, दवाव र मोहले ठूलो क्षति दिएको छ । तर पनि मौन छन् जिम्मेवार निकाय, मौन छन् स्थानीय ।
अव्यबस्थित उत्खनन्लाई न व्यबस्थित गरिएको छ न त संरचना निर्माणका लागि नदीजन्य पदार्थ कम प्रयोगका लागि विकल्पको खोजी भएको छ । भएको छ त केवल अव्यबस्थित उत्खनन्, सेटिङ्मा नीतिगत भष्ट्राचार ।
अति विपन्न नागरिकलाई जानीजानी उपल्लो निकायले नदी खोलामा आश्रित बनाइदिएको छ । नदीखोला भएन भने त रोजीरोटी नै गुम्ने रनभुल्लमा विपन्न नागरिकलाई भुलाइ दिइएको छ । विपन्न नागरिकको आर्थिक मजबुतिका लागि काम गनेर् हाम्रा तीन तहकै संरचना जिम्मेवार बनेका छैनन् । आम्दानीको विकल्प दिन नसक्दा विपन्न नागरिक बालुवा खोतलेर ढुङ्गा खोज्नमा व्यस्त छन् । भावी पिँढीलाई अव्यबस्थित उत्खनन्ले ठूलो क्षति हुन्छ भने असल नागरिकलाई बगरमा पसिना बगाइरहेका विपन्न नागरिकले दुस्मनको जस्तो व्यबहार गर्न उक्साउने गरीको नीति निर्माण गरेर उपल्लो निकाय फाइदामा लिप्त छ । विपन्न नागरिकलाई त्यो थाहा छैन, थाहा होस् पनि कसरी ? नीतिगत भष्ट्राचारको सुईँको शिक्षित नागरिकले त पाउँदैनन् । बुद्धशान्तिका एक सचेत नागरिक भन्छन् ‘हेर्नुन बिरीङ त बर्बाद पो भईसकेको छ, यो रोक्न कहाँ जानुपर्छ ?’ उनी भन्छन् धेरै तिर कुरा राखिसख्यौँ कहीँबाट रोक्ने कुरा हुने गरेको छैन ।’ अर्जुनधाराका अर्का सचेत नागरिक नाम नबताउने सर्तमा भन्छन् ‘यसबारे कुरा उठाउँदा ज्यान नै जोखिममा पनेर् बुझेपछि मत मौन छु । जिम्मेवार निकायमा जानकारी गरायो, नचिनेका ठाउँबाट धम्कि आउँछ ।’
नदीजन्य पदार्थको उत्खनन् तत्काल नरोकिए, नीतिगत सुधार नगरिए, कडा कानूनका साथ कानून कार्यान्वयन नगरिए, विपन्न नागरिकका लागि आम्दानीको नयाँ स्रोत तत्काल नखोजे भविश्य कहाली लाग्दो बनेर आउँदैछ ।




कमेन्ट गर्नुस्