विचित्र विश्व समाज

यी पाँच सुगा जसले अश्लील गाली गर्छन्

सुगाले गाएको वा मानिसको भाषा बोलेको त सुन्नुभएकै होला । सुगा एउटा यस्तो पंक्षी हो जसले मानिसको भाषा बोल्न सक्दछ । तर मान्छेको भाषा बोल्ने लहडमा पाँच वटा सुगाले बेलायतको एउटा चिडियाखानाको नाक नै काटिदिएका छन् ।

बेलायतमा एउटा अनौठो घटना भएको छ । त्यहाँको एक चिडियाखानामा रहेका पाँचवटा सुगाले अश्लील शब्दहरुमा गाली गर्न थालेपछि त्यो चिडियाखाना नै बदनाम हुनपुग्यो । अन्ततः चिडियाखानाले ती सुगालाई त्यहाँबाट हटाउनु परेको छ ।

ती सुगाले चिडियाखानामा घुम्न आएका मानिसहरु तथा ससाना बच्चाहरुलाई अश्लील शब्दमा गाली गर्दथे । जसका कारण चिडियाखानालाई नै आपत् पर्‍यो । ती पाँचवटा सुगाहरु यसअघि केही समय एकसाथ क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइन सकेर आउँदा उनीहरुमा अश्लील बोल्ने अनौठो हर्कत देखियो ।

बेलायतको लिंकनशायर वन्यजन्तु पार्क नामक चिडियाखानामा यस्तो घटना भएको हो । अधिकारीहरुले एरिक, जेड, एल्सी, टाइसन र बिली नामका खैरो रङका ती पाँचवटा सुगालाई कारबाही गरेर हटाएका हुन् ।

चिडियाखानाका कर्मचारीका अनुसार अनुसार सुरुमा त यी सुगाले एक आपसमा एक अर्कालाई गाली गर्दथे । तर त्यसपछि उनीहरुले चिडियाखानामा आउने आगन्तुकलाई पनि गाली गर्न सुरु गरे ।

अधिकारीहरुका अनुसार क्वारेन्टाइनमा एक आपसमा राख्दा ती सुगाले एक अर्काबाटै अश्लील बोल्न सिकेको हुनुपर्दछ । अब ती सुगालाई त्यहाँबाट हटाएर छुट्टाछ्ट्टै पिँजडामा राखिएको छ । यसरी छुट्टाछुट्टै राख्दा उनीहरुले अश्लील गाली बिर्सने विश्वास चिडियाखानाको छ । एजेन्सी

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक