विचार साहित्य

म स्वतन्त्र नेपाली

सिर्जन अधिकारी
म एक नेपाली नागरिक हुँ
म स्वतन्त्र छु
कहिले कम्युनिष्ट लाई समर्थन गर्छु
कहिले कसैलाई समर्थन गर्दिन
म युवाले देश नेतृत्व गरोस भन्छु
त्यसैले कहिले कांग्रेसलाई समर्थन गर्छु
कहिले
बुढो पुस्ताले नेतृत्व न छोडदा
कहिले कांग्रेस लाई सराप्छु


म एक नेपाली नगरिक हुँ
म स्वतन्त्र छु
था छ हिजो मैले एक दिनको लागि
राजा ल्याउ भन्ने राप्रपालाई
पनि समर्थन गरे
किन ?
युवा अयो त्यहाँ
मलाई डर छ र म निरास छु
१०० बर्ष पछि पनि
हावा गफ जोती रहने ओलीलाई
उस्का पार्टीले
बुढो लौरो टेक्ने नेता बनाइ रहनेछ
र हावा गफ गरिरहने छ
त्यसैले म उसलार्इ
समर्थन त के नाम पनि लिन्न
म एक नेपाली नागरिक
कहिले कही विवेकशील साझालाई समर्थन गर्छु
कहिले टुक्रा टुक्रा भ’को देख्दा
वाक्क मान्ने गर्छु
म एक नेपाली हुँ
म विवेकको प्रयोग गर्छु
कहिले
कांग्रेसको समर्थ गर्छु
कहिले कम्युनिष्टलार्इ
समर्थ गर्छु
बिर्तामोड झापा (हाल अमेरिका)

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक