मनोरञ्जन समाज स्थानीय खबर

विर्तामोडका नामगेल ‘नेपाल आइडल सिजन -४ ‘ को टप १२ मा

विर्तामोड २४ पुष । चर्चित रियालिटी शो ‘ नेपाल आइडल सिजन -४ को टप १२ मा झापा विर्तामोडका नामगेल तामाङ पर्न सफल भएका छन् ।

एपि वान टेलिभिजन च्यानल बाट प्रशारण हुदै आएको शुक्रबारको शो बाट ३० प्रतिस्पर्धी मध्ये उनी टप १२ मा परे सँगै भोटिङ राउन्डमा प्रवेश गरेका हाे ।

विर्तामोड -४ का स्थानीय बासिन्दा तामाङ २० बर्षका छन् ।सानै देखि संगीतमा रुची राख्ने उनको नेपाल आइडलमा गएर प्रस्तुती दिने बर्षैको सपना रहेको उनी बताउँछन् । उनले स्कूलमा आयोजित कार्यक्रममा पहिलो स्टेजको अनुभव गरेका थिए ।

पहिलो पटक कक्षा -८ पढ्दै गर्दा स्कूलको बार्षिक कार्यक्रममा गीत गाएको सम्झिन्छन् उनी । त्यति वेला गायन तर्फ प्रथम भए सँगै उनमा गीत गाउँन थप हौसला मिलेको तामाङ बताउछन् ।

झापामा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिदै विभिन्न सामाजिक सहयोगी संस्थाहरुले आयोजना गर्ने च्यारेटी शो मार्फत प्रस्तुती दिदै आएका छन् ।

वितामोडको कञ्चनजंघा स्कूल बाट कक्षा १० सम्मको अध्ययन गरेका उनले आदर्श कलेज अफ म्यानेजमेन्ट बाट होटल म्यानेजमेन्टमा हालै प्लस टुको अध्ययन पूरा गरेका छन् ।

नेपाल भरी बाट निर्णयकहरुले पहिलो जर्ज राउन्ड बाट हजारौ प्रतिस्पर्धी मध्ये १२६ जना मा छानेका थिए ।११६ जनाबाट थिएटर राउन्ड हुदै टप ३० मा प्रतिस्पर्धी चुनिएका थिए । शुक्रबार टप ३० मध्ये प्रस्तुतीका आधारमा १२ जना लाई निर्णक मण्डलले भोटिङ राउन्डका लागि छनोट गरेका छन् ।आउदों शुक्रबार देखि भोटिङ राउन्ड सुरु हुनेछ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक