अर्थ समाज स्थानीय खबर

ऊँ नमः शिवाय साकोसमा गिरी निर्विरोध

बिर्तामोड, २६ पुस । ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा भरतलाल गिरी निर्विरोध निर्वाचित भएका छन् ।

झापा बुट्टाबारीस्थित दशनामी समाज झापाको भवनमा सोमबार भएको नवौं औं बार्षिक साधारणसभाबाट अध्यक्षमा गिरीलाई सर्वसम्मत् निर्वाचित भएका हुन् ।

नव गठित संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा खिलबहादुर गिरी, सचिवमा शंकर गिरी, कोषाध्यक्षमा खड्ग गिरी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा पार्वता गिरी, जानुका गिरी, एलबहादुर गिरी, नरबहादुर बन, भुपेन्द्रकुमार गिरी, शिवलाल गिरी, जीवनाथ गिरी सर्वसम्मत् निर्वाचित भएका छन् ।

लेखा सुपिरिवेक्षण समितिको संयोजकमा गणेश गिरी र सदस्यमा घनश्याम गिरी सर्वसम्मत चनय भएका छन् भने एक सदस्य पछि थप गर्ने जनाइएको छ ।

संयोजक गोपाल गिरी, सदस्य एकराज गिरी र उद्धव पुरी रहेको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्बन्धि कार्यक्रम गरेको थियो ।

संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरीको प्रमुख आत्तिथ्य रहेको थियो ।

आर्थिक बर्ष २०७७÷०७८ असार मसान्तसम्म एकहजार ६ सय ४९ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी एक करोड ८९ लाख ६९ हजार पुगेको अध्यक्ष गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको निक्षेप एक करोड १२ लाख ७८ हजार ७५४ रुपैयाँ ६९ पैसा, कोष हिसाव ४३ लाख ७० हजार १८४ रुपैयाँ ५४ पैसा, कर्जा लगानी २ करोड ३ लाख ५ हजार ३२७ रुपैयाँ २० पैसा रहेको छ भने नाफा १७ लाख ९ हजार ७९१ रुपैयाँ ८० पैसा गर्न सफल भएको छ । कार्यक्रममा १६ जना जेष्ठ सदस्यलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्दबिक्रम गिरी, केन्द्रीय सदस्य लभकुश गिरी, समाजका प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरी, संस्थाका सल्लाहकार संयोजक हर्कलाल गिरी, समाजका झापा अध्यक्ष केदार गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका संस्दय एलबहादुर गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य खड्ग गिरीले गरेका थिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक