विचार

जेसीज जसले मभित्रको ‘म’ खोज्ने गर्छ

अनिल वाग्ले
अन्तर्राष्ट्रिय संस्था जेसीज तालिमका माध्यमबाट युवालाई निखार्दै नेतृत्व क्षमताको विकास गरी समाजलाई योगदान दिन सक्ने नागरिक निर्माण गरेर समाजलाई हस्तान्तरण गर्ने लोकप्रिय संस्था हो ।

जेसीजमा लागेका सबै युवा सक्षम नै हुन्छन् भन्ने पनि होइन तर जो युवा साँच्चै केही गर्ने अठोटका साथ जेसीजमा प्रवेश गरेका हुन्छन् तिनीहरु सफल भएरै छाड्छन् । जेसीज अभियानमा लागेर आफ्नो नेतृत्व क्षमताका कारण सफल भएका उदाहरण प्रसस्तै छन् । ती उदाहरणका पात्रहरुमा आपूmलाई पनि समाहित गर्नु चाहिँ साँचो अर्थमा जेसीज अभियानमा लागेर पाएको उपलब्धी हो ।

१८ देखि ४० वर्ष, जहाँ पूर्ण जवानीको अनुभव रहन्छ । यहि बेला हो करियर बनाउने । यो समयमा जोस हुन्छ, त्यहि जोसका बिच जीवनको लक्ष्य प्राप्तिको मूल बाटो तय हुन्छ, साँच्चै जेसीज अभियानलाई पछ्याएर अघि बढेका युवा आप्mनो लक्ष्यमा सफल बन्न सक्छन् । तर लक्ष्य भेट्ने या लक्ष्यको समीप पुग्ने थोरै हुन्छन् । बास्तवमा त्यहि थोरै भित्र आपूm अटाउन सक्नु नै जेसीजको साँचो अर्थको ‘स्वाद’ हो ।

जेसीजले भन्ने गरेको १८ देखि ४० वर्षको उमेर मानव जिवनकै उर्बर उमेर हो । यो उमेरलाई सहि सदुपयोग गर्नुपर्छ भन्छ जेसीज । यो उमेर नै हो आपूmलाई प्रमाणित गर्ने उमेर । जेसीज युवाका लागि एउटा गतिलो प्लेट फर्म हो । जहाँ जुनसुकै परिवेश, भूगोल, धर्म, राजनीति, पेशा, समाजका युवाहरु आपूmलाई अब्बल दर्जाको नागरिक पुष्टि गर्न सक्ने वातावरण रहन्छ तर यत्ति हो त्यो वातावरणलाई कस्ले कति लिनसक्छ ।

मैले एउटा ठूलो अवसरका रुपमा लिएको छु ‘बुधबारे जेसीज वर्ष २०२१’ को पदलाई । एक वर्ष सो पदमा रहेर मैले कार्यभार सम्हालेँ । वर्ष २०२१ लाई जेसीज अभियानको एउटा कालखण्डका रुपमा इतिहासले मूल्याङ्कन गर्ने नै छ । इतिहासले वर्ष २०२१ लाई नभुलोस् भनेर गलामा जेसीजको चेन ग्रहण गरेदेखि नै मनमस्तिष्कमा जेसीजको बेटरमेन्टका लागि मैले काम गरेँ । सबैको साथ जुट्यो । यस वर्ष बुधबारे जेसीजले ८४ वटा कार्यक्रम ग¥यो । भवन निर्माण कार्य ग¥यो । कोभिड महामारीका बीच भवन निर्माण थाल्नु फलामको चिउरा चपाउनु जस्तै साह्रो थियो तर एकतामा बल हुन्छ भने झैँ साझा प्रयासमा भवन निर्माण भईरहेको छ । नेपाल जेसीजबाट विभिन्न ५ विधामा यस वर्ष बुधबारे जेसीज पुरस्कृत भयो । विभिन्न २४ संघसंस्थासँग सहकार्य गरियो । लागू औषध दूव्र्यसनी विरुद्धको अभियानले महत्वपूर्ण उपलब्धी हासिल गरेको अनुभुति भएको छ ।

पोखरीमा पौडी खेल्नुपर्छ, मैदानमा दगुर्नुपर्छ, । पोखरी र मैदान जेसीज हो भने त्यहाँ को कसरी पौडी खेल्छ र दगुर्छ त्यो उसैमा पर पर्ने कुरा हो, तर अवसरको ढोका खोलिदिने युवाहरुको अन्तराष्ट्रिय संस्था जेसीजले युवालाई समान अवसर र जिम्मेवारी दिएको हुन्छ । जस्ले अवसर र जिम्मेवारी बोध गरी सोहि अनुरुप लाग्न सक्छ ऊ समाजमा भोलीका दिनमा बिक्न सक्छ, नभए एउटा सामान्य नागरिक मात्र रहन्छ, त्यस्ता नागरिकको भिडमा टाउको गन्ने काम मात्र गरिन्छ ।

जेसीजले म भित्रको ‘म’ खोज्न सहयोगी भूमिका खेल्छ । मेरो क्षमता कति छ ?, मेरा कमजोरी के–के हुन् ?, म के गर्न सक्छु ?, मैले लक्ष्य प्राप्तिका लागि अब के गर्नुपर्छ ? भन्ने चेतना मस्तिष्कमा भरिदिने कार्य गर्छ । जो जेसीजमा भरखरै प्रवेश गरेका युवा छन् उनीहरुले बेलैमा यी माथिका प्रश्न मनन गरी सो प्रश्नको उत्तर खोज्न थालियो भने मात्र जेसीज अभियानमा होमिएको अर्थ छ, होइन भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ । सुट बुटमा मात्र सजिएर जिवनको लक्ष्य भेट्न सम्भव छैन ।

जेसीजमा लागेका युवा अरु भन्दा फरक हुनुपर्छ । अरुभन्दा सालिन हुनुपर्छ । अरुभन्दा फवार्ड हुनुपर्छ । नेतृत्व पाउनका निम्ति क्रियाशिल हुनुपर्छ, पाएको नेतृत्वको भूमिका निर्वाह गरिरहँदा समाजले ऊबाट सकारात्मक उर्जा पाइरहेको हुनुपर्छ, तब मात्र जेसी हुनुको सार्थकता झल्कन्छ ।

‘एक व्यक्ति, एक पद, एक कार्यकाल, एक वर्ष’ जेसीजको सबैभन्दा सुन्दर पक्ष नै यहि हो । ३६५ दिनमा दिनरात, घामजुन, जाडोगर्मी सबै समेटिन्छन् । यसैभित्र ७ बार पनि पर्छ, १२ महिना पनि पर्छ, सबै ऋतुको चक्र पनि पूरा हुन्छ, यहि ३६५ दिन अर्थात् १ वर्षमा नेतृत्व क्षमता पुष्टि गर्ने अवसर जेसीजले हरेक युवालाई प्रदान गरिरहेको हुन्छ । त्यो अवसर र चुनौतीलाई सामना गरेर टिम वर्कमा आप्mनो क्षमता पुष्टि गरी क्षमतावान नागरिकको रुपमा चिनाएर जेसीजले समाजमा युवालाई हस्तान्तरण गर्नेगर्छ । अनि सिकाइको विश्व विद्यालय जेसीजमा पाएको ज्ञानसीपले ती युवा सफल बन्न सक्छन्, समाजको नेतृत्व गर्न सक्छन् । अनि समाज र राष्ट्रलाई योगदान दिन सक्छन् । त्यसैले जेसीज सिकाइको विश्वविद्यालय हो ।

जेसीज अभियानमा लागेका युवा सकारात्मक सोचका साथ सिकाइमा केन्द्रीत हुनुपर्छ, जेसीजका अनुभवलाई सँगालेर समाजमा हस्तान्तरित हुँदा हरेक कोणबाट युवा उत्कृष्ट बन्नुपर्छ, बास्तवमा जेसीज अनि जेसीजले युवालाई दिने मूल मन्त्र नै यहि हो । अनि अर्को कुरा जेसीजले प्रतिष्पर्धीलाई लडाएर होइन हरेक कुरामा प्रतिष्पर्धी भन्दा अब्बल बनेर मात्र नेतृत्व लिनसकिन्छ भन्ने सिकाउँछ ।
(– लेखक वाग्ले बुधबारे जेसीज २०२१ का अध्यक्ष हुनुहुन्छ ।)

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक