राजनीति समाज स्थानीय खबर

झापामा दुई सय बढी कांग्रेसमा प्रवेश

सतासीधाम, २९ पुस । शिवसतासी नगरपालिका वडा नं–७ मा आयोजित पार्टी प्रवेश तथा सदस्यता वितरण कार्यक्रममा २ सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस शिवसतासी नगरपालिका वडा नं–७ को आयोजनामा सम्पन्न कार्यक्रममा कांग्रेसमा प्रवेश गरेको नगर सभापति अशोक बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार नेपाल प्रहरीका सेवा निवृत प्रहरी नायव निरीक्षक श्रीप्रसाद लिङदेनसहित २ सय ३ जनाले विभिन्न पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टीमा प्रवेश गर्नेलाई नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले फुल, माला, अविर र खादा लगाएर स्वागत गर्दै साधारण सदस्यता प्रदान गर्नुभयो ।

वडा सभापति जय लिङदेनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति थेवे, प्रदेश कार्यसमिति सदस्य उत्तमकुमार चौलागाईँ, महाधिवेसन प्रनिनिधि भक्तिप्रसाद सिटौला, पर्शुराम ढुंगाना, सन्तोषकुमार मेनेङवो लगायतले शुभकामना मन्तब्य राख्दै पार्टीमा प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्नुभएको थियो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक