राजबाबु शंकर
नेपाल देशका निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेशमा ‘घुस लिन्या र दिन्या दुबै मुलुकका शत्रु हुन्’ भनिएबाट तत्कालीन राज्य व्यवस्थामा स्वच्छ शासन प्रणाली रहेको सहजै आकलन गर्न सकिन्छ । उनको मृत्यु १८३१ माघ १ मा भए पनि वि.स. १८७१ कार्तिक १८ गते शुरु भएको नेपाल–अंग्रेज युद्धपश्चात् १८७३ सालको सुगौली सन्धिसम्म नेपाल अपराजेय थियो ।
सुगौली सन्धिबाटै नेपालले लडाइँमा जितेको भूमि छोड्नुपनेर्, बृटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई बृटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा यूरोपेली कर्मचारी राख्न नपाउने शर्त मञ्जुर गर्नु लगायत एक तिहाई भूभाग नेपालले गुमाउनुपरेको थियो, जसमा दार्जीलिङ र सिक्किमको क्षेत्र, काली नदीको पश्चिमी भाग कुमाउ र गढवाल (हाल ः उत्तराखण्ड), शतलज नदीको पश्चिम तर्फका केही क्षेत्रहरू कांगडा (हाल ः हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू पर्दछन् ।
सुगौली सन्धि गनेर् बनारसमा कार्यरत नेपाली राजदूत तथा शाहवंशका राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले नेपाललाई त्यसरी अहित गदैर् प्रलोभनमा परेर कम्पनी सरकारलाई फाइदा गरेवापत कम्पनी सरकारबाट कलकत्ता, काशी, कांगडामा प्रशस्तै चल–अचल सम्पत्तिका साथै चन्द्रशेखर उपाध्यायले मुजफ्फरपुरको कर्नुलमा ३६ वटा मौजा जग्गा र उसका सन्ततिहरूका लागि समेत भारतका मजिष्टेट (नेपालको सिडिओ सरह) पद पाएका थिए । यसरी नेपालप्रति गद्दारी गरेमा पुरस्कृत भइने गलत चलन उतिबेलैदेखि चलेको पाइन्छ ।
देशमा आजसम्म असमान महाकाली सन्धि, एनसेल कर छली, वाइड बडी जहाज खरीदमा कमिशन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै आयुक्त र कर्मचारी नै भ्रष्टाचारमा मुछिएका, सांघाई समूहलाई उत्पादनशील चिया बगान लिज, यती समूहलाई सरकारी जग्गा लिज, ललिता निवास प्रकरण, स्वास्थ्योपचार सामग्रीहरू खरीदमा कमिशन, हदबन्दी सम्बन्धी प्रावधान मिचेर बगानको जग्गा बिक्री गर्न पाउने निर्णय जस्ता अनेकन् चर्चित काण्डहरू विभिन्न सरकारका पालामा खुलेआम भएका छन् ! जुन सरकारी संरक्षणमा भएका राष्ट्रघातका केही ठूला नमूना मात्र हुन्, अरू त्यस्ता काण्डहरू त कति छन् कति !
साम्यवादी देशहरू उदाहरणका लागि चीन, रुस, उत्तर कोरिया, क्युबा जस्तै नै मुस्लिम देशहरू राज्यकोशको रकम दोहन गनेर् यस्ता मामिलामा कठोर हुने गर्दछन् । त्यहाँ कानूनको परिपालना हुबहु लागू पनि हुने र मृत्युदण्डसम्म दिइने गरेको पाइन्छ । तर, नेपालको सन्दर्भमा अद्यापि भ्रष्टाचारीलाई कडा कानूनको गिरफ्तमा ल्याइएका प्रसंग निकै न्यून छन् र त्यस्तो कसुरमा हुने सजाय पनि मलुवा छ । जसका कारण हालसम्म अकुत भ्रष्टाचारी र कमिशनखोर शासक, प्रशासक, सरकारी पदधारी र विभिन्न दलका लाउके नेताहरू त्यस्तो कुकर्म गर्नबाट हच्किएका पाइन्नन्; बरू त्यस्तो कुकर्मीको संख्या झनै बढ्दै गएको छ !
राजनीतिक संरक्षणकै आडमा हाम्रो देशमा भ्रष्टाचार र कमिशनखोरी, हत्यारा, बलात्कारी, ठग, मानव तस्कर, अवैध सामग्रँीहरूको तस्कर, माफिया, बनमारा, बैंकमारा, सहकारीमारा, खनिज र चुरे क्षेत्रका सम्पदा दोहनकारीहरू आ–आफ्नो त्यस्तो धन्धा गर्न खुलेआम जस्तै छन् । अझ केही वर्ष यता त न्यायाधीशहरू नै समेत त्यस्ताको पृष्ठपोषक बनेका प्रकरणहरू छताछुल्ल भइसकेकै छन् । लेनदेनको माध्यमबाट तिनलाई अपराधको मुद्दाबाट बरी गरिदिने अनौठो परम्परा यहाँ बहाल मात्रै छैन, स्थापित नै भएसरह छ ।
यस्ता तमम दुष्कर्म हाम्रै देशमा सदाबहार देखिन्छ । यी यावत् परिप्रेक्ष्यमा यो देशका निर्माता सुपूज्य पृथ्वीनारायण शाहका दिव्योपदेश ‘घुस लिन्या र दिन्या दुबै मुलुकका शत्रु हुन्’ कुइरोमा कतै हराएझैं विलुप्त हुन पुगेको छ । त्यसैले त मुलुकमा न्याय र सुशासन पनि हराएको छ; शान्ति–सुरक्षा पनि धरमर छ । राज्यव्यवस्था सुधानेर् राष्ट्र र जनभक्त नायकको खोजी नेपालीजन–मनबाट निरन्तर भइरहेको छ ।




कमेन्ट गर्नुस्