समाज स्थानीय खबर

दमकमा गाँजा, चरेस र ब्राउनसुगरसहित तीन जना पक्राउ

बिर्तामोड, ३० पुस । झापा दमक नगरपालिकाको दुई भिन्न स्थानबाट लागुऔषध गाँजा, चरेस र ब्राउनसुगरसहित तीन युवा पक्राउ परेका छन् ।

लागुऔषधिसहित दमक–२ बाट आज बिहान दुई जना र दमक–३ बाट बिहीबार राति एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

इलाम माङ्सेबुङ गाउँपालिका–२ का ३२ वर्षीय दिपेन्द्र राई र १९ वर्षीय नुवसन मुखियालाई प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे दमक–२ हुम्से–दुम्से सामुदायिक जंगलमा उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम बरामद गरेको थियो ।

लागुऔषध फेला परेपछि उनीहरु सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

त्यस्तै, बिहीबार राति ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका–३ बेलडाँगी शिविरबाट २३ बर्षीय राजन तामाङलाई ९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक