राजनीति समाज स्थानीय खबर

दमकमा माओवादी केन्द्रले पायो पूर्णता

दमक, ३० पुस । नेकपा माओवादी केन्द्र दमक नगर समितिको अधिवेशनले कुलबहादुर बस्नेतको अध्यक्ष रहेको ६८ सदस्य समिति चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र सङ्गीता सेरेङ चयन भएका छन् भने सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा हिम अधिकारी र कोषाध्यक्षमा यमजी श्रेष्ठ रहेका छन् ।
अखिलेश्वर लाल दासको संयोजकत्वमा रहेको नगर निर्वाचन समितिले शुक्रवार विशेष कार्यक्रमका बिच नव निर्वाचित समितिको औपचारिक घोषणा गरी शपथ गराएको हो ।

दमकस्थित पार्टी कार्यालय बालुवाटारमा भएको कार्यक्रममा नव गठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का उपाध्यक्ष विजय साङपाङ, कोषाध्यक्ष रेवतराज पुरी (गगन) प्रदेश समिति सदस्यहरू कर्म पुलामी, भूमिका कोइराला, सन्तोष गौतम, निवर्तमान नगर सचिव तीर्थराज बस्नेत लगायतले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । समितिको पूर्ण बैठकले अरू ५ सदस्य थप गर्ने नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक