समाज स्थानीय खबर

भद्रपुरमा मोटरसाइकलको ठक्कबाटर पैदलयात्रीको मृत्यु

भद्रपुर, ३० पुस । झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट बिहीबार राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे.१०प ४४१९ नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

दुर्घटनाका गम्भीर घाइते कार्कीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु उहाँले बताउनुभयो । घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल–७ का माधवप्रसाद राजवंशी प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक