राजनीति समाज स्थानीय खबर

माओवादी केन्द्र मेचीनगरद्वारा माघ १ देखि ‘सुत्केरी पोषण’ कार्यक्रम

बिर्तामोड, ३० पुस । नेकपा माओवादी केन्द्र मेचीनगर नगर कमिटीले जनताको घरदैलोमा पुग्न तीन वटा जनमुखी अभियान सञ्चालन गर्ने भएको छ ।

नगर कमिटीले माघ १ गतेदेखि जनताको घरदैलोमा पुग्न सुत्केरी पोषण कार्यक्रम, कृषि कार्यक्रम र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको हो । माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले पार्टीले विगतमा उठाएका समाजवाद लगायतका एजेण्डा जनतामाझ पु¥याउन अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

सुत्केरी पोषण अभियान पहिलो चरणमा मेचीनगर वडा नंं. ७ र १४ मा लागू गरिने भएको छ । यो अभियानमा सुत्केरीलाई एक प्याकेट ल्याक्टोनिज, एक केजी घ्यू, आधा केजी हर्लिक्स, मिठाइसहित नानीको मुख हेरेर एक सय रुपैयाँ सहयोग गरिने अध्यक्ष चिमरिया बताउनुहुन्छ ।

नगर कमिटीले स्वास्थ्य बीमा कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । यसअघि नगरका विपन्न ५५ घरपरिवारको स्वास्थ्य बिमा गराइसकिएको र आगामी बैशाखभित्र थप ६० परिवारलाई बीमा कार्यक्रममा जोडिने भएको छ । “मेचीनगरभित्रका गरिब परिवारको पहिचान गरेर निःशुल्क स्वास्थ्य बीमा गरिदिन्छौँ”, चिमरियाले भन्नुभयो, “सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा अभियानमा सहयोग पुग्नुका साथै विपन्न परिवारलाई समेत यसले राहत मिल्नेछ ।”

माओवादी केन्द्र नगर कमिटीले श्रमलाई महत्व दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई रोजगारीमा सामेल गराउने उद्देश्य पनि राखेको छ । पार्टीले कार्यकर्तालाई कृषि क्षेत्रमा जोड्दै व्यवसायमुखी बनाउन लागेको हो ।

श्रम नगरी बाँच्न नसकिने भएकाले कृषि क्षेत्रमा सामूहिक लगानी गरेर त्यहाँबाट आम्दानी गर्ने बाटो खोज्न लागिएको हो । त्यसका लागि ५ बिघा जमिन लिजमा लिएर सामूहिक कृषि खेती गरिने भएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक