समाज

मोरङको लेटाङबाट तीन नाल भरुवा बन्दुकसहित पक्राउ

मोरङ, ३० पुस । मोरङको लेटाङ नगरपालिका–९ बसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका–५ का ६० बर्षीय इन्द्रबहादुर राई रहेका छन् । आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो ।

उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक ३ नाल, बारुद २ डब्बा, गोली १८ थान, छर्रा ५ पोका, खुकुरी १ थान, गुलेली १ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक