राजनीति समाज

स्थानीय तह निर्वाचनको मिति माघ पहिलो हप्ताभित्रै तोक्न सुझाव

झापा, ३० पुस । स्थानीय तहको निर्वाचनको मित माघको पहिलो हप्ताभित्रै तोक्न निर्वाचन आयोगले सुझाव दिएको छ।

आज आयोगले बोलाएको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै माघको पहिलो हप्ताभित्रै मिति तोक्नुपर्ने बताए।

बैठकमा प्रमुख आयुक्त थपलियाको भनाइबारे जानकारी दिँदै आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले भने, ‘प्रमुख आयुक्तज्यूले तीनवटा महत्वपूर्ण विषय राख्नुभएको छ।स्थानीय तहको निर्वाचनको विकल्प छैन। समयमै निर्वाचन गर्नुपर्छ। कानुन बमोजिम आयोगलाई प्राप्त १२० दिन घर्किरहेको छ। त्यसो भएको हुनाले छिट्टै निर्वाचनमा जानुपर्छ। माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा हुनुपर्छ भन्ने उहाँको ठम्याई थियो।’

आयोगका अनुसार स्थानीय तहका पदाधिकारीको म्याद थप्न पनि पाईंदैन र उसले गर्ने काम अरु कसैले गर्न पनि पाउँदैनन्। आगामी २०७९ साल जेठ ५ गते भन्दा अगाडि नै निर्वाचन गरी पद बहाली गराउने गरी निर्वाचन गर्न आयोगले भनेको हो।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक