तीर्थ सिग्देल
बिगत तीन दशकदेखि पत्रकारिता क्षेत्रबाट आफ्नो सामाजिक पहिचान बनाउँदै आउनुभएका तीर्थ सिग्देलका पाइला यतिबेला राजनीति तर्फ मोडिएका छन् । हाल नेकपा एकीकृत समाजवादी झापाको जिल्ला कमिटी सदस्य तथा प्रचार बिभाग प्रमुख रहेका सिग्देल हरेक बिषयवस्तुलाई गहन ढंगले उठाउनुहुन्छ र त्यसको परिणाम खोज्ने गन्तब्य पहिल्याउनु हुन्छ । लेखकको समेत छबि बनाउनु भएका सिग्देलले बिर्तामोडको पहिचान, बिशेषता र विकासका लागि केही खाका प्रस्तुत गर्नुभएको छ ।
१) बिर्तामोडलाई एउटा भरपर्दो र बाणीज्य केन्द्रको रुपमा विकास गर्न मुक्ति चौकको ५ सय मिटर क्षेत्रमा सडक सफा राख्ने र सबै बाटा पीच वा पेवर्स लगाएर शुन्दर, आकर्षक बनाउने र ब्यूटिफिकेसन गर्ने । त्यसका लागि व्यापारीहरुको सहभागितामा एउटा समिति बनाउने र त्यसलाई काम गर्न दिने । बिर्तामोडलाई वाणीज्यको हबको रुपमा विकसित गर्ने । आफ्नो क्षेत्रका उत्पादनलाई प्रोत्साहन गर्न लोगो प्रदान गर्ने र यस क्षेत्रका ब्यवसायीहरुले लगानी गरी उत्पादन गरेका वस्तुहरुलाई अ प्रोडक्ट अफ बिर्तामोड भनेर ब्राण्डिंग गर्न ।
२) बिर्तामोडमा १८ बटा सरकारी बिद्यालय, ६० भन्दा बढी नीजि बिद्यालय छन् । कलेजहरु, बिभिन्न प्राइभेट प्राविधिक कलेज र स्कुलहरु छन् । यो संख्या र अवस्थालाई हेर्दा बिर्तामोडलाई शिक्षा क्षेत्रको पनि हब मान्न सकिन्छ । यस क्षेत्रको प्रवर्धन र विकास गर्न शैक्षिक विकास प्रतिष्ठान गठन गरेर जान सकिन्छ । त्यो क्षेत्रका समस्या हल गरेर उन्नत शैक्षिक गुणस्तर कायम राख्न सोही क्षेत्रसँग समन्वय गरेर काम गर्ने ।
३) स्वास्थ्य क्षेत्रमा पनि बिर्तामोड अग्रणी छ । मेडिकल कलेज, आँखा अस्पतालहरु, नीजि स्तरबाट खुलेका अस्पतालहरुले यहाँको आर्थिकस्तर मात्र बढाएका छैनन् । चहलपहल र गुणात्मकतालाई पनि बृद्धि गरेका छन् । तसर्थ बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको हब बनाउने वातावरण बनाउने ।
४) यहाँ रहेका पर्यटकीय स्थलहरुलाई जोड्न सर्किट बनाउने र होम स्टेहरु बनाउने । सन्थाल, राजबंशी र अन्य इच्छुक समुदायलाई यस कार्यमा प्रेरित गर्ने । बिर्तामोड प्रबेश गर्ने चारैतिरका नाकाहरुमा आकर्षक बिर्तामोडको पहिचान झल्कने चित्र अंकित गेट निर्माण गर्ने ।
५) सहर र ग्रामीण बस्तीलाई फरक फरक प्रकृतिको विकासको बितरण प्रणाली अवलम्बन गर्ने । यहाँका बडाहरु १, २, ३, ४, ५, ६ लाई सहरको रुपमा विकास गर्ने र ७, ८, ९ र १० लाई कृषि तथा पशुपालन क्षेत्रको रुपमा अगाडि बढाउन मद्दत गर्ने । सहर भित्र अपार्टमेन्ट, मिनी मार्केट र डिपार्टमेन्ट स्थल खोल्न सहजिकरण गर्ने र रात्रीकालीन बजार चलाउन सहयोग गर्ने ।
६) होटल तथा पर्यटन केन्द्रहरुलाई उत्प्ररित गर्दै प्रत्येक होटलबाट एउटा कोठा लागे बराबर १ सय रुपैया संकलन गरेर पर्यटन क्षेत्रको विकासमा खर्च गर्ने एउटा प्रणाली वा संयन्त्र बनाउने ।
७) भौतिक विकासका लागि तोक वा भनसुनका आधारमा चल्ने प्रणालीको अन्त्य गर्ने । आवश्यकताको आधारमा समान बितरण प्रणाली अवलम्बन गर्ने । कार्यकर्ता पोेस्ने वा झोला बोकेर नगर पालिका वा अन्य निकायमा धाउनु पर्ने र त्यसैबाट जीविका चलाउने गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने ।
८) बिर्तामोडको कृषि थोक बजारस्थललाई स्तरिकरण गरेर त्यसको वरपर हुने यातायातको जाम हटाउन छेउछाउ रहेका गोदामघर हटाउने र वरीपरीका बाटामा चार चक्का भन्दा ठुला गाडी प्रवेश निषेध गर्ने । अझ त्यस्ता गोदामघरहरुलाई मुक्ति चौक भन्दा ५ सय मिटर पर लैजाने वातावरण बनाउने ।
९) बिर्तामोड संचार क्षेत्रको पनि हब हो, जसलाई व्यवस्थित र नियमित गर्न वार्षिक बजेट बिनियोजन गर्ने । यहाँका जाती, जनजाति, भाषा, संस्कृति, साहित्य क्षेत्रको प्रवर्धन र विकास गर्न बिर्तामोड प्रज्ञा प्रतिष्ठान गठन गरेर काम गर्ने ।
१०) सहरको सौन्दर्यता झल्काउन टोल विकास समितिहरुसँग समन्वय गरेर घरहरुमा एकै प्रकारका रंग लगाउन सहयोग गर्ने र प्रत्येक टोलमा कम्तिमा एउटा टोलको पहिचान झल्कने आकृति वा चिन्ह राख्न प्रेरित गर्ने ।
११) जथाभाबी धुम्रपान निषेध गर्न मुख्य स्थलमा धुम्रपान स्थल तोक्ने ।
१२) कनकाईको सिमानादेखि मेचीनगरको सिमानासम्म र अर्जृनधाराको सिमानादेखि भद्रपुरको सिमासम्म सडकको दुई किनारमा ठुल्ठुला स्ट्रीट लाइट राख्ने जसका कारण रात्रीकालीन समयमा सवारी साधन संचालन गर्न सहज हुने र दुर्घटना रोक्न सहज हुने ।




कमेन्ट गर्नुस्