विचार समाज

नारी दिवस विशेष : नारीलाई स्वतन्त्र भएर बाँच्न देऊ !

लेखक – तारा माण्ड्वी क्षेत्री
  • तारा माण्ड्वी क्षेत्री

म आफै एक नारी त्यसैले कुनै पनि अवस्थामा नारिकै पक्षमा बोल्छु वा बोल्नु पर्छ भन्ने हैन सहि र गलतको आँकलन गरेर पक्ष र विपक्षमा बोल्ने ज्ञान अवस्य छ। २०७४को संविधान अनुसार कुनै पनि पुरुषले महिलालाई कुनै पनि प्रकारको भेदभाव गर्न पाउदैन भने महिला यदि ३५ वर्ष सम्म अविवाहित रहेमा उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु पर्छ। यसको मतलब बुझ्नु पर्यो कि महिला र पुरुष प्रती हेर्ने नजर समान हुनुपर्छ कसैले कसै माथी कुनै हिंसा गर्नु हुदैन। जतिबेला घरपरिवार अनि समाजमा महिलाको सहभागीताको कुरा आउँछ त्यति बेला महिलालाई अग्रसर गराई अवसर दिनु पर्छ।

“सृष्टिको सृजना गर्ने नारीले नै चौतर्फी आलोचना, आरोप र असन्तोषको पीडा सहेर बाचिरहेका उदाहरण सायद नै तपाईहरुको अघिल्तिर हुनुपर्छ।त्यसैले सबैभन्दा मुख्य कुरा महिलाले स्वतन्त्रतापूर्वक बाच्न पाउनुपर्छ। आफ्नो हकको लडाई लड्न चहानेलाई खुट्टा तान्ने हैन हिम्मत दिनुपर्छ।”

चुलोचौको,लालाबाला र घरको बलेसी सम्म मात्र सिमित नराखेर समाजमा हुने हरेक सामाजिक, राजनितिक,शैक्षिक तथा अन्य कार्यहरुमा सहभागी गराउनुपर्छ।कुनै पनि घरमा छोरी शिक्षित छिन भने विवाह पछि पराई घरमा पनि शिक्षाको ज्योती छर्न सक्छिन तर विवाह पछि हरेक बुहारीलाई छोरी समान स्थान दिएर अघि बढ्ने अवसर दिनु पर्छ।

“म आफै एक शिक्षित अनि आत्मनिर्भर नारी हु,भोलिको दिनमा मैले कर्मस्थल बनाउपर्ने जुनसुकै ठाउँमा अवसर पाउनुपर्छ,निखारिन अनि पुरुष समान जीवनयापन गर्न पाउनु पर्छ। मैले मेरो निम्ति बोलेको बोली तमाम नेपाली महिलाहरुको लागि पनि लागू हुनु पर्छ। जन्मेदेखी यो छोरी मान्छे हो यसले छोराको बराबरी केही गर्न सक्दिन भन्ने मानसिकताको अन्त्य हुन जरुरी छ।”
बालापन किशोर अवस्था हुँदै युवा अवस्थामा आईपुग्दा जब विवाहका कुरा आउछन तब महिलालाई बजारमा बेच्न राखेको सामान जसरी नापतौल, मोलतोल र आलोचनाको सिकार बनाउने चलन समाप्त हुनुपर्छ।

“नारीलाई अनेक प्रकारले मानसिक तनाब दिनु एक निर्दनिय हिंसा हो, कति महिलाले आफ्ना मनका बेदनालाई पोख्ने ठाउँ नपाएर आत्महत्याको सिकार बन्नु परेको छ।”

कुनै पनी नारीको आत्मसम्मान,इज्जत अनि भावनामा आघात पुग्ने खालको फोहोरी सम्बन्धहरु गास्नु अगाडी मानवताको नजरले ती नारीहरुको आँखा पढ्न र मनलाई बुझ्न अति आवश्यक छ।

“बलात्कार,हत्या अनि अनेकौं हिंसाको सिकार हुन बाट महिलालाई जोगाउन परिवार, समाज, राष्ट्र अनि स्थानिय सरकार जागरुक भएर उभिन जरुरी छ अनि मात्र निर्मला,कमला,भागीरथी,सबिताको जस्तो अवस्था अन्य नारीको हुने छैन।”

नारीलाई अनेक प्रकारले मानसिक तनाब दिनु एक निर्दनिय हिंसा हो, कति महिलाले आफ्ना मनका बेदनालाई पोख्ने ठाउँ नपाएर आत्महत्याको सिकार बन्नु परेको छ। सृष्टिको सृजना गर्ने नारीले नै चौतर्फी आलोचना, आरोप र असन्तोषको पीडा सहेर बाचिरहेका उदाहरण सायद नै तपाईहरुको अघिल्तिर हुनुपर्छ।
त्यसैले सबैभन्दा मुख्य कुरा महिलाले स्वतन्त्रतापूर्वक बाच्न पाउनुपर्छ। आफ्नो हकको लडाई लड्न चहानेलाई खुट्टा तान्ने हैन हिम्मत दिनुपर्छ।

बलात्कार,हत्या अनि अनेकौं हिंसाको सिकार हुन बाट महिलालाई जोगाउन परिवार, समाज, राष्ट्र अनि स्थानिय सरकार जागरुक भएर उभिन जरुरी छ अनि मात्र निर्मला,कमला,भागीरथी,सबिताको जस्तो अवस्था अन्य नारीको हुने छैन।

११२ औं अन्तरास्ट्रिय नारी दिवसको सबैमा शुभकामना

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक