खेलकुद समाज स्थानीय खबर

झापामा प्रदेश १ स्तरीय व्याडमिन्टन हुँदै

बिर्तामोड, १७ चैत । लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीको आयोजनामा झापामा खुल्ला व्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।

प्रदेश १ स्तरीय लायन्स खुल्ला ब्याडमिण्टन प्रतियोगिता २०७८ हुने जनाइएको हो । प्रतियोगिता यहि चैत्र १८ गतेदेखि २० गते सम्म हुने निश्चय भएको लायन्स क्लब अफ अनारमनीका पूर्व अध्यक्ष एवम् लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान नेपालका रिजोन चियर पर्सन शैलेन्द्र कुरुम्वाङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता महानन्द चोक स्थित बिर्ता व्याडमिण्टन क्लबको कर्वडहलमा हुनेछ । प्रतियोगिताको उद्धघाटन लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान नेपालका हनरेट क्यामप्यान चिफ लिला चिमरीयाले गर्ने छन् ।

प्रतियोगितामा ए डिभिजन खुल्ला तर्फका प्रथम हुनेले नगद रु ३० हजार, दोस्रो हुनुले नगद २५ हजार र तृतिय हुनेले नगद १२ हजार सहित मेडल तथा प्रमाणपत्र पाउने छन् ।

त्यस्तै बि डिभिजन तर्फबाट प्रथम हुनेले २५ हजार नगद, दोस्रो हुनेले २० हजार नगद र तेस्रो हुनेले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र पाउने छन् ।

त्यस्तै प्रतियोगितामा भेट्रान तर्फबाट प्रथम हुनेले नगद २० हजार , दोस्रो हुनेले नगद १५ हजार र तेस्रो हुनेले नगद ८ हजार सहित मेडल तथा प्रमाणपत्र पाउने छन् ।

स्वस्थ्य जीवनका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा सहभागि हुनेलाई यहि चैत्र १३ गतेदेखि १७ गते सम्म टिम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । साथै प्रतियोगितामा सहभागि हुने टिमले प्रवेश शुल्क प्रतिटिम दुईजनाको २ हजार ५ सय बुझाउनु पर्ने हुन्छ । साथै प्रतियोगिता समापन कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्की आउने बताइएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक