खेलकुद समाज स्थानीय खबर

झापामा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

झापा, १८ चैत । प्रदेश एक स्तरीय लायन्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुक्रबारबाट झापाको विर्तामोडमा सुरु भएको छ । प्रतियोगिता महानन्द चोक स्थित बिर्ता व्याडमिण्टन क्लबको कर्वडहलमा भइरहेको हो ।

१८ देखि २० गते तीन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रदेश एकको एक सय २८ जना खेलाडि सहभागि छन् । प्रतियोगितामा मेन्स डबल ए, मेन्स डबल बी र भेट्रान्स ४५ प्लस गरि तीन क्याटागोरीमा खेल हुनेछ ।

लायन्स क्लब अफ अनारमनी र लियो क्लब अफ अनारमनीले संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगितामामेन्स डबल ए क्याटागोरीको प्रथम दितृय र तृतियले क्रमशः ३० हजार, २५ हजार र १२ हजार पाउने आयोजक लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजेश दाहालले जानकारी दिए ।

मेन्स डबल बी क्याटागोरीको प्रथम दितृय र तृतियले क्रमश २५ हजार, २० हजार र १० हजार पाउने छन । यसै गरि भेट्रान्स ४५ प्लसको प्रथम दितृय र तृतियले क्रमश २० हजार, १५ हजार र आठ हजार पाउने लायन्स क्लब अफ अनारमनीका पूर्व अध्यक्ष एंवम लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान नेपालका रिजोन चियर पर्सन शैलेन्द्र कुरुम्वाङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान नेपालका हन्ड्रेड क्यामपेन चिफ लिला चिमरीयाले गरेका थिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक