खेलकुद समाज

सन्दकपुर गोल्डकप : मोरङको बिजयी सुरुवात

सन्दकपुर, २५ चैत । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले बिजयी सुरुवात गरेको ।

देउराली स्र्पोटिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्र्पोटिङ क्लबलाई १–० गोल अन्तरले हराउँदै मोरङले बिजयी सुरुवात गरेको हो । मोेरङलाई जित दिलाउन रोजन राईले निर्णायक गोल गरे । खेलको २५ औ मिनेटमा उनले गरेको गोलले मोरङ सेमीफाइनल प्रवेश गरेको छ । निर्णायक गोलकर्ता राई म्यान अफ दि म्याच घोषित भए ।

उनलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले नगद २ हजार र मेडल प्रदान गरे । प्रतियोगिता अन्र्तगत दोश्रो क्वाटरफाइनल खेलमा जनता सेभेन सूर्योदय नगरपालिका इलाम र ज्यामिरगढी फुटबल क्ल्ब झापाबिच शनिबार खेल हुनेछ । आगामी बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीको ८ टिमको सहभागिता रहेको छ । विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

प्रतियोगितालाई सन्दकपुर गाउँपालिकाले मुख्य सहयोग गरेको छ । देउराली स्र्पोटिङ क्लबका अध्यक्ष लिला बुर्जाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष उदय राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष शोभा पराजुली, प्रमुख प्रशासकिय अधिकृत महेश राईको विशेष आतिथ्यता रहेको थियो । क्लबका आर्थिक संयोजक माधव खनालले स्वागत गरेको कार्यक्रम संचालन क्लबका सचिव अइन्द्र राईले संचालन गरेका थिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक