राजनीति समाज स्थानीय खबर

एमालेको लालकिल्ला राप्रपाको प्यानल नै विजयी

झापा, ३ जेठ । एमालेलेको लालकिल्ला भनेर चिनिने बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा राप्रपाको प्यानल नै निर्वाचित भएको छ । राप्रपाबाट उम्मेदवार बनेका वीरबहादुर सिंह राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतान्तरले पराजित गरेका हुन् । ५ नम्बरमा २०७४ सालको निर्वाचनमा एमालेले जितेको वडा हो । सो वडामा २०३८ सालदेखि एमालेले किल्ला जमाएर बसेका थिए । यस पालिकाको चुनावमा राप्रपाले एमालेको लालकिल्ला भत्काइदियो ।

राजवंशी १२०८ र खरेलले १११६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा राप्रपाका जय प्रसाद तिम्सिना ११०५, श्रीइच्छा बहादुर राई १०७५, महिला सदस्यमा राप्रपाकी राधिका भट्टराई १२६१ र महिला दलित सदस्यमा डुका कुमारी विक ११६५ मत ल्याएर विजयी भएका छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक