भद्रपुर, ३ जेठ । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रतिया राजवंशी भद्रपुर नगरपालिका वडा नम्बर ६ मा विजयी भएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबाट चुनावी तालमेल गरेका काँग्रेसले राजवंशीलाई वडा ६ को उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका ढकबहादुर विष्टलाई ४८९ मतान्तरले पराजित गर्दै राजवंशी निर्वाचित भएका हुन् । राजवंशीले ११६७ मत ल्याएका छन् ।
नेकपा एमालेका महतलाल राजवंशी ५१८, जसपाका शत्रुधन चौधरी ३३३ र स्वतन्त्र उम्मेदवार राजेश गुप्ताले २६७ मत ल्याए । त्यस्तै वडा सदस्यमा काँग्रेसका यदुनन्दन रौनियार १०६३ र दलित महिला सदस्य रेखादेवी साफीले १०५२ मत ल्याएर विजयी भएका छन् ।
गठबन्धनबाट माओवादीका वडा सदस्यका उम्मेदवार कुशहरि बञ्जरा र सिता राजवंशी पराजित भएका छन् । वडा सदस्यमा एमालेका प्रकाश शर्मा ७१० र सन्ध्याकुमारी डङ्गोल ७४४ मत ल्याएर विजयी भएका छन् ।




कमेन्ट गर्नुस्