कृषि समाज स्थानीय खबर

बिर्तामोडमा किसान सूचीकरण सहजकर्ता तालिम

बिर्तामोड, १८ जेठ । किसान सूचीकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको कृषि पशुपंक्षी तथा मत्स्य विकास शाखाले मंगलबारदेखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो । तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिम लिएकाहरुले बिहीबारदेखि कृषकको घर–घरमा गएर तथ्याङ्क संकलन गर्ने नगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिनुभयो ।

बिर्तामोडमा पहिलो चरणमा वडा नम्बर ३ र ७ का तिन हजार दुई सय घरमा पुगेर कृषकको तथ्याङ्क संकलन गर्न लागिएको हो । संघीय सरकारको सशर्त अनुदान अन्तर्गत रहेको यस कार्यक्रममा सूचीकृत भएका कृषकहरुलाई परिचय कार्ड वितरण गरिने र त्यसैका आधारमा सेवा–सुविधा उपलब्ध गराउने सरकारको योजना अनुसार बिर्तामोडमा काम अघि बढाइएको हो ।

झापाका कमल र बुद्धशान्ति गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भइसकेको छ भने दमक नगरपालिका र कचनकवल गाउँपालिकामा चाँडै सुरु हुने कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । बिर्तामोडका २ वटा वडामा आगामि असार १५ गतेसम्ममा तथ्याङ्क संकलनको काम सकिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताउनु भयो ।

कृषिज्ञान केन्द्र झापाका वागवानि विकास अधिकृत तथा यस कार्यक्रमका फोकल पर्सन अंकित भट्टराईले तालिमको सहजिकरण गर्नु भएको थियो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भएको थियो । शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक