विचित्र विश्व समाज

ब्रेकअपको बदला लिन पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा बनाइदिए आफ्नो नामको ट्याटु

एजेन्सी । ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए ।

१८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो । उनले तयानेलाई जबर्जस्ती कारमा राखे । नमान्दा आक्रमण गर्ने हो कि भन्ने डरले उनी थपक्क कारमा बसिन् । त्यसपछि उनलाई पूर्व प्रेमीको घरमा लगियो । त्यहाँ उनका २० वर्षका पूर्व प्रेमीले तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए । गेब्रियलले ट्याटु बनाएको आरोप अस्वीकार त गरेनन्, तर तयानेले निकै खुसीका साथ यसो गर्न दिएको भन्न भ्याए ।

भोलिपल्ट तयानलेकी आमाले छोरी हराइरहेको रिपोर्ट दर्ता गरेर गेब्रियलको घरमा ट्र्याक गर्ने बन्दोबस्त मिलाइन् । उनले आफ्नी छोरीलाई घर लगिन् र उनको नयाँ अनुहारको ट्याटु र चोट लुकाउनुको सट्टा दुर्व्यवहार गर्ने प्रेमीविरुद्ध मुद्दा दर्ता गर्न प्रोत्साहित गरिन् ।

अडिटी सेन्ट्रलका अनुसार​ गेब्रियललाई शनिबार हिरासतमा लिइएको थियो । यी दुईले सन् २०१९ देखि डेटिङ सुरु गरेका थिए । सुरुमा सबैकुरा राम्रो र सामान्य नै थियो । तर करिब एक वर्षपछि ट्याटु आर्टिस्ट गेब्रियल असाध्यै शंकालु हुन थाले र उनीमाथि कुटपिट गर्न थाले ।

त्यति नै बेला उनकी आमाले ती प्रेमीलाई छोडिदिन भनेकी थिइन् । त्यसपछि यी दुईको ब्रेकअप भयो र त्यसको करिब ८ महिनापछि कुटपिट नगर्ने बचन दिएपछि यी दुई पुनः सम्बन्धमा रहे । तर उनले आफ्नो बाचा तोडे ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक