मनोरञ्जन समाज

किन भयो किमले दिएको निवेदन अस्वीकार ?

एजेन्सी । लण्डनको बकिंघम दरबारमा हुने प्लाटिनम जुबली पार्टीमा सहभागिता जनाउनका लागि रियालिटी टेलिभिजन स्टार किम कार्दाशियनले दिएको निवेदनलाई दरबारका अधिकारीहरुले अस्वीकार गरेका छन् ।

४१ वर्षीय किम हाल प्रेमी पिट डेविडसनका साथ लण्डनमा छिन् । यही मौकामा उनी पनि पार्टीमा उपस्थित हुने आँकलन गरिएको थियो । तर अधिकारीहरुले उनको निवेदनलाई अस्वीकार गरेपछि पार्टीमा सहभागी हुने उनको चाहना तत्कालका लागि तुहिएको छ ।

‘किमलाई कुनै पनि कार्यक्रममा सहभागिताका लागि निषेध गरिएको छ । त्यहीकारण उनी बेलायत खासै जाँदिनन् । सम्भवत यही कारणले अधिकारीले उनको निवेदनलाई अस्वीकार गरेका हुन्’, किम निकट स्रोतले भन्यो ।

कुल १० हजार टिकटको सार्वजनिक मतपत्रको माध्यमबाट यो शानदार पार्टीमा निमन्त्रणा गरिएको थियो । जसका लागि बेलायतमा प्रमुख व्यक्तिहरुलाई करिब ७ हजार ५ सय टिकट दिइएको थियो । यो पार्टीमा डायना रोस, नाइल रोजर्ससँगै सर डेविड एटनबरो र डेभिड बेकहम सहभागी हुँदैछन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक