समाज स्थानीय खबर स्वास्थ्य

मेची अस्पताल १८ करोड

झापा, २ जेठ । झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रदेश सरकारको १८ करोड बजेट दिने भएको छ । सँगै मेची अस्पतालमा साउन १ गतेदेखि न्युरो सर्जरी सेवा सुरु गरिने भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यस्तो बताएका थिए । मेची अस्पतालको सुदृढीकरणका लागि १८ करोड बजेट समेत विनियोजन गरिएको उनले बताए ।

साथै मेचीमा फिजियोथेरापी सेवा लगायत अन्य सेवाहरूको विस्तार गर्दै प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरी सेन्टर फर एक्सिलेन्सको रुपमा विकास गरिने छ । साथै हाल सञ्चालनमा रहेको चिकित्सा सेवालाई सहज र सुलभ बनाउन टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइनेछ । रेफरल सेवालाई थप व्यवस्थित गरिने छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक