समाज स्थानीय खबर

बिर्तामोडको बुधबारे बजारको विवाद समाधान गर्न कार्यदल गठन

बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटिया बजारका बारेमा उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ ।

आज बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५का वडाध्यक्ष रोहित प्रसाईं र पूर्व जनप्रतिनिधि गोपिचन्द्र गिरी सदस्य रहनु भएको छ ।

यस्तै, सल्लाहकार समितिमा पूर्व अनारमनी गाविस अध्यक्ष हर्कलाल गिरीको संयोजकत्वमा पूर्व अनारमनी गाविस उपाध्यक्ष लोकबन्धु कन्दङ्गवा र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन सदस्य रहने गरी समिति गठन गरिएको छ । समितिले एक महिना भित्रमा प्रतिवेदन बुझाउने गरी निर्णय भएको छ ।

कार्यपालिका बैठकले नगरप्रमुख पवित्रा महतारा प्रसार्इंमाथि भएको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । असार ६ गते कार्यपालिकासहित सर्वदलीय बैठकमा बुधबारे हटियाको विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले देखाएको व्यवहारप्रति नगरको ध्यानाकर्षण भएको जनाइएको हो । अब उप्रान्त कतैबाट यस प्रकारका गतिविधि दोहोरिएमा कानून अनुसार कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत निर्णयमा उल्लेख छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक