समाज स्थानीय खबर

बिर्तामोडमा छ वटा विषयगत समिति बन्यो

बिर्तामोड, ७ असार । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा विभिन्न छ वटा विषयगत समिति गठन गरिएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले ती समिति गठन गरेको हो ।

बैठकले राजश्व परामर्श समिति गठन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम समिति गठन गरिएको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित यस समितिमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे, रोहित प्रसाई र कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा सदस्य रहनु भएको छ ।

त्यस्तै, पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद व्यवस्थापन समिति, सामाजिक विकास समिति, विधेयक समिति र सार्वजनिक सेवा तथा क्षमता विकास समिति रहेका छन् ।

पूर्वाधार विकास समितिको संयोजकमा कार्यपालिका सदस्य जगतबहादुर राजवंशी र सदस्यहरुमा वडाध्यक्ष अजय कार्की, किशोर पौडेल रहनु भएको छ ।

यस्तै, आर्थिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य संगीता सिवा र सदस्यमा वडाध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा चयन हनुभएको छ ।

त्यसैगरी, वडाध्यक्ष दुर्योधन गुरुङको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन समिति गठन गरिएको छ । यस समितिको सदस्यमा वडाध्यक्ष रोहित प्रसाईं र कृष्णप्रसाद खरेल रहनु भएको छ ।

यस्तै, कार्यापालिका सदस्य यमुना आचार्यको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरिएको छ । यस समितिको सदस्यमा कार्यपालिका सदस्य तिला गौतम र निर्मला सुनार रहनु भएको छ ।

विधेयक समितिको संयोजकमा शर्मिला राजवंशी र सदस्यहरुमा वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा, मदन बुढाथोकी रहनु भएको छ भने सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा कार्यपालिका सदस्य लक्षिमा खतिवडा र सदस्यमा वडाध्यक्ष हरिप्रसाद चौलागाई, निर्मला सुनार चयन हुनु भएको छ ।

बैठकले बिर्तामोडको मुक्तिचोक र दक्षिण भद्रपुर सडक खण्डको ग्रीनवेल्ट एरियाएको सरसफाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अमानतबाट सञ्चालन गर्ने पनि निर्णय गरेको जनाइएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक