विचित्र विश्व समाज

सयवटा साङ्लोलाई घरमा बस्न दिँदा २ लाख ५० हजार पाइने !

उत्तरी क्यारोलिनाको किट नियन्त्रण कम्पनीले घरधनीहरूलाई २००० डलर तिर्ने प्रस्ताव राखेको छ । तर यसका लागि घरधनीले आफ्नो घरमा सयवटा अमेरिकी साङ्लो छोड्न भने सहमत हुनुपर्छ । उक्त कम्पनीले आफ्नो नयाँ प्रविधिको परीक्षणका लागि यस्तो प्रस्ताव राखेको हो ।

यदि तपाईं महाद्वीपीय संयुक्त राज्य अमेरिकामा बस्नुहुन्छ र घरमै बसीबसी साढे दुई लाख कमाउन चाहनुहुन्छ भने ‘द पेस्ट इन्फर्मर’ वेबसाइटमा जानुहोस् र उनीहरुको चलिरहेको प्रयोगात्मक कार्यक्रमको लागि साइन अप गर्नुहोस् ।

पेस्ट कन्ट्रोल कम्पनीले वास्तविक जीवनमा साङ्लो विनाशको नयाँ प्रविधिको परीक्षण गर्न खोजिरहेको छ, त्यसैले उक्त कम्पनीले मानिसको घरमा सयवटा साङ्लो छोड्न चाहन्छ र महिना दिनसम्म यसबारे परीक्षण गर्न चाहन्छ । यसका लागि घर मालिकले लिखित स्वीकृति दिनुपर्नेछ । सम्झौतापश्चात् कम्पनीको प्राविधिक टोलीलले सबै परीक्षणको भिडियो खिच्नेछ ।

तर, ३० दिनभित्र कम्पनीले दाबी गरेअनुसार छोडिएको साङ्लो पत्तासाफ भएनन् भने के हुन्छ त ? कम्पनीले पुनः तपाईंलाई २ हजार अमेरिकी डलर (२ लाख ५० हजार रुपैयाँ) भुक्तानी गर्नेछ र तपाईंको घरलाई साङ्लोमुक्त गर्न नयाँ र वास्तविक तरिका अपनाउनेछ । एजेन्सी

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक