समाज स्थानीय खबर

कनकाईका कृषकलाई हलाे

कनकाइ, ८ असार । कृषकहरुलाई कृषि पेशामा आकर्षित गर्नका लागि यहाँस्थित प्रजापति सामुदायिक वन उपभोक्ता वन समुह कनकाई नगरपालिकाले बुधवार कृषकहरुलाई निशुल्क हलो प्रदान गरेको छ ।

आफ्ना ३० घरपरिवार कृषकहरुका लागि हलो बनाएर निशुल्क प्रदान गरिएको वन समुहका कार्यवाहक अध्यक्ष दलबहादुर विश्वकर्माले बताउनुभयो ।

कृषि क्षेत्रमा वढदो यान्त्रिकरण भएपनि यस क्षेत्रमा भने परम्परागत रुपमा रागा गोरुबाट समेत जोतेर खेती गर्ने परम्परा यथावत रहेको कनकाई नगरपालिका १ नम्बर वार्डका अध्यक्ष सुशिलकुमार पोखरेलले बताउँनुभयो । पछिल्लो समय इन्धनको वढदो मुल्यका कारण समेत कृषकहरु रागा गोरुबाटै जोतेर खेत ीगर्नेक्रम बढेर गएको वन समुहका अध्यक्ष विश्वकर्माले बताउँनुभयो । कृषकहरुलाई कनकाईनगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकलाई हलो प्रदान गर्नुभयो ।

हलो प्रदान गर्दै नगरप्रमुख पोखरेलले कृषकहरुले हलो र गोरुको प्रयोग गरेर इन्धनको कम प्रयोग हुदा देशलाई व्यापार घाटा कम हुनमा मद्धत मिल्ने विश्वास व्याक्त गर्नुभयो । पुर्खाले गरि ल्याएका प्रचलनलाई प्रोत्साहन हुनेगरि समेत नगरपालिकाले कार्यक्रम ल्याउने नगरप्रमुख पोखरेलले बताउनुभयो l

हलो वितरण कार्यक्रममा वन समुहका सल्लाहकार ताराकुमार खनाल, प्रजापति युवा क्लवका अध्यक्ष किरण सुवेदी, कृषक भवानीप्रसाद ढकाल लगायातले हलो प्रदानले कृषकमा उत्प्रेरणा मिलेको बताउँदै कार्यक्रमलाई निरन्तरता र आगामी दिनमा जुवा समेत प्रदान गर्न अनुरोध गर्नुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक