समाज स्थानीय खबर

झापाका पंकजबिक्रम नेम्बाङ एन्फा अध्यक्षमा निर्वाचित : को हुन् उनी ?

झापा,८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन् । सोमबार एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन् ।

नेम्बाङले कर्माछिरिङ शेर्पालाई ४ भोटको अन्तरले नेम्बाङ अघि भएको थियो। ८४ भोट खसेकोमा नेम्बाङले ४५ भोट पाए भने शेर्पाले ३९ मत ल्याएका थिए ।

नेम्बाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने शेर्पा अध्यक्ष थिए।

अध्यक्षमा निर्वाचित नेम्बाङ को हुन् ?

झापा धुलाबारीका स्थायी वासिन्दा नेम्बाङ रोलिङ क्लबबाट फुटबलमा छिरेका हुन् । स्थानीय स्तरका फुटबल खेलाडी समेत रहेका नेम्बाङ रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघका छिरेका थिए ।

नेम्बाङ पहिलो पटक बिस २०५९ सालमा एन्फाको केन्द्रिय सदस्य भएका थिए । उनी चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए । तर, पछि उनलाई वरिष्ठ उपाध्यक्षमा चयन गरिएको थियो ।

निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्यानलबाट उनी चार वर्षअघि उपाध्यक्ष निर्वाचित भएका थिए । सोमबार उनै शेर्पालाई हराएर नेम्बाङ अध्यक्षमा निर्वाचित भए ।

भद्र स्वभावका नेम्बाङ लामो समयबाट एन्फाको सुद्दिकरणमा लाग्दै आएका थिए ।

‘चेन्ज एन्फा’ को नारासहित नेम्बाङ शेर्पासँग मिलेर फिफाको प्रतिबन्धमा रहेका तत्कालिन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध आन्दोलनमा होमिएका थिए ।

पछिल्लो समय उनी त्यहिँ नारा बोकेर शेर्पाविरुद्ध आवाज उठाउदै आएका थिए । तर, हालको निर्वाचनमा उनलाई थापा समर्थक व्यक्तिहरुकै सहयोग रहेको थियो ।

नेम्बाङ पछिल्लो समय एन्फामा हुने गरेको आर्थिक अनियमिताबारे आवाज उठाउदै आएका थिए ।

यस्तै उनी गत वर्ष विवादमा समेत तानिएका थिए ।

गत वर्षको साउनमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले  नेम्बाङको कारण देखाएर राजीनामा घोषणा गरेपछिउनी विवादमा तानिएका थिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक