समाज स्थानीय खबर

झापामा लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा, ८ असार । झापाको बिर्तामोड नगरपालिका-२ चारपानेबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बुद्दशान्ती-४ का ३१ बर्षीय चन्द्र बहादुर लिम्बु रहेका छन् । विशेष सुचनाका आधारमा मंगलवार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बुको साथबाट ३४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

यसरी लागूऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेकको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक