शिक्षा स्थानीय खबर स्वास्थ्य

सरकारले भुक्तानी नदिए २० गतेदेखि बीमा कार्यक्रम रोक्ने बीएण्डसी र नोबेल मेडिकल कलेजको घोषणा

काठमाडौँ, ८ असार । झापाको बीएण्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले सरकारले भुक्तानी नदिए असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा गरेका छन्

वुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यी दुई मेडिकल कलेजले यस्तो बताएका हुन् । २०७८ मंसिरपछि बीमाबापतको रकम नपाएको ती मेडिकल कलेजले जानकारी गराए ।

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले स्वास्थ्य बीमाबापतको ४५ करोड रूपैयाँभन्दा बढी र नोबेलको ५४ करोडभन्दा बढी रूपैयाँ लिन रहेको जानकारी दिए ।

सम्झौतामा १५ दिनभित्र भुक्तानी दिने भनिए पनि डेढ वर्षसम्म भुक्तानी नदिएको भन्दै उनीहरुले कार्यक्रम नै बन्द गर्ने घोषणा गरेका हुन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक