झापा, ९ असार । झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ
बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटिलाई सोहि दिशा तर्फ जादै गरेको प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा मेचिनगर–९ का ४३ बर्षीय रमेश कट्वाल गम्भिर घाईते भई उपचारको लागि b&c अस्पताल बिर्तामोड पठाएकोमा मृत्यु भएको हो ।
दुर्घटना भएका दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments




कमेन्ट गर्नुस्