समाज स्थानीय खबर

वर्षासँगै झापासहित देशका विभिन्न स्थानमा बाढी पहिरो आउने

झापा, ९ असार । वर्षासँगै देशका विभिन्न स्थानमा बाढी आउने तथा पहिरो जाने क्रम सुरु भएको छ। यसबाट हुने क्षतिबाट बच्न बाढी पूर्वानुमान महाशाखाले दैनिक रूपमा बाढीको सम्भावनाबारे सूचना दिने गरेको छ। 

यसै क्रममा महाशाखाले बिहीबार बिहान बुलेटिन जारी गरी तीन दिन अर्थात् शनिबारसम्म कहाँ कहाँ बाढीको सम्भावना कस्तो छ भनेर जानकारी दिएको छ।  

महाशाखाका  अनुसार आगामी ३ दिनसम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीको बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ। 

भोलि अर्थात् शुक्रबार नारायणी र यसका साना सहायक नदीमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक