विश्वनाथ रिजाल
परिचय
एसियन हात्ति (Elephas maximus) नेपालको सवैभन्दा ठुलो स्तनधारी जनावरमा पर्दछ । IUCN ले यसलाई लोपोन्मुख (Endangered) सूची र CITES ले Appendix-1 वन्यजन्तुको सूचीमा मा राखेको छ । नेपालको राष्ट्यि निकुञ्ज तथा वन्यजन्तु ऐन २०७३ मा यसलाई संरक्षित वन्यजन्तुको सूचिमा राखिएको छ । नेपालमा जंगली एसियन हात्ति वसोवास गने क्षेत्र १९ जिल्लाको करिव
१०९८२ वर्ग कि.मी क्षेत्र ओगटछ । नेपालमा रैथाने जंगली एसियन हात्तिहरुको संख्या १०९ देखी १४२ वटा छन (DNPWC 2008) । तिनीहरू चार अलग–अलग समुह÷संख्यामा नेपालका पूर्व, मध्य, पश्चिम र सुदुर पश्चिम क्षेत्रमा पाईएका छन् ।
झापा जिल्लाको कुल क्षे.फ.१६०७२७ हे. मध्ये वनले ११.२ पतिशत (१८०६५ हे.) मात्र ढाक्छ । झापामा क्रमशः ६३००० हे.र १७०० हे. क्षेत्रको क्षेत्रफलमा रहेका जलथल र चारअली वन खण्ड क्षेत्र जसलाई एसियन हात्तिहरुले आफ्नो प्राइम निवासको रूपमा उपयोग गर्दै आइरहेका छन (DFO Jhapa वार्षिक पतिवेदन, 2014) ।
झापामा जंगली हात्ति ७ देखि १३ वटासम्म र भारतबाट आउने ५० देखि २०० वटा रहेका अनुमान गरिएको छ (आधिकारिक तथ्याङ्क नरहेको) । यस जिल्लामा निम्न स्थानहरु रैथाने जंगली हात्तिहरूको वासस्थानको रूपमा देखिएकोे छ ।
मागुरमाडी बन खण्ड — पांचपेखरी सा.व., तेलपीनी सा.व, वहुवन सा.व, नवज्येती सा.व आदश मुना सा.व., कलिका सा.व, आदि गरि जम्मा १५ सा.व जस्ले २७.६५ वर्ग किलोमीटर वन क्षेत्र ओगटछ ।
जलथल वन खण्ड — रनकाली सा.व, पाथिभरा कलिका सा.व, हरियाली सा.व, बिशल सा.व, दुर्ग्भित्ता सा.व., मनकामना सा.व मायालु सा.व, आदि जस्ले ५८.४ वर्ग किलोमीटर वन क्षेत्र ओगटेको छ ।
चारअली वन खण्ड —सुन्दरनिचाझोडा सा.व.,हरियाली सा.व.,चन्द्रगढी सा.व, आदि सहित कुल ५ सा.व. र वन क्षेत्र १७.४५ वर्ग किमी ओगटेको छ ।
भेलागढी सा.व.१.११ वर्ग किमी ओगटेको छ ।
अध्यन अनुसन्धान गर्नुका उद्देश्य
मानव हात्ति द्वन्द्वको अवस्था, जंगली हात्तिको प्रकृित तथा द्वन्द्व निवारणका प्रयास एवं दिर्घकालिन समस्या समाधानका उपाय पेश गर्न ।
अध्ययनको क्षेत्र मेची अञ्चल, झापा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित बुद्धशान्ति गाउँपालिका हो । यस गाउँपालिका ७ वडामा विभाजित छ । यस गाउँपालिकाको कूल क्षेत्रफल ७९.७८ वर्ग किलोमिटर र कूल जनसङ्ख्या ४२,५२५ रहेको छ । यसको सिमाना पूर्वमा मेचीनगर नगरपालिका पश्चिममा अर्जुनधारा नगरपालिका उत्तरमा इलाम जिल्लाको रोङ गाउँपालिका तथा दक्षिणमा मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका सम्म फैलिएको छ । यहाँका कृषकहरुले लगाउने कृषि वालीमा धान, मकै, गहुँ चिया, सुपारी, नरिवल, लगायत विभिन्न प्रकारका तरकारी वाली पर्दछ साथै पशुपालनमा गाई, भैंसी, कुखुरा, खसी, सुँगुर आदि पालन गरेको पाईन्छ ।
बुद्धशान्ति गाउँपालिकामा मानव हात्ति द्वन्द्वको अवस्था
यहाँ विशेष गरी मकै गहुँ र धान पाक्ने समयमा, मानव हात्ति द्वन्द्व हुने गरेको छ । हुनत भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, हल्दिवारी गाउपालीका, बारदाशी, केचनाकवल गाउपालीका, मेचिनगर न.पा., शनिअर्जुन गाउँपालीका पनि जंगली हात्तिको असरवाट मुक्त छैनन् । हाम्रो अध्ययनको क्रममा बुद्धशान्ति गाउँपालिकाको वार्ड न. २ , ३, ४, ५ क्षेत्रमा मानव हात्ति द्वन्द्व रहेको जानकारी प्राप्त भयो । अध्ययनको क्रममा बुद्धशान्ति गाउँपालिका वार्ड नं. ५ को पाँच पोखरी, खार खोला, किरिगं डाडा, पानी घट्टा, अहियाबारी आदि क्षेत्र हात्ति बस्ने क्षेत्रको रुपमा पाईएको छ । त्यस्तै यस गाउँपालिकाको वार्ड नं. ३ चर्चाबारी निकै जोखिम रहेको पाईएको छ । भारत तिर बाट मेचीनगर हुँदै बुद्धशान्ति गाउँपालिका वार्ड नं. ३ चर्चाबारी क्षेत्र मा हात्ति प्रवेश हुने गरेको पाईएको छ । अध्ययनबाट नै यहाँ ४ देखि ६ वटा रैथाने (फिरन्ते) हात्ति समस्याका रुपमा देखा परिरहने पाईएको छ । जसमध्ये एक लगंडो तथा अर्को एक अन्धो हात्ति झनै समस्याको रुपमा देखा परेका छन् । हात्ति प्रभावित क्षेत्रमा टुङ्ग (वाचटावर) र सोलार बत्तीको अभाव रहेको गूनासो पाईएको छ भने
हात्ति धपाउनको लागी परम्परागत विधि
टर्च लाइट, आगोको पूल्ठो, पटाका आदि प्रयोग गर्ने गरेको पाईएको छ । मानव हात्ति द्वन्द्वका कारण २०६७ सालदेखि यता बुद्धशान्ति गाउँपालिकामा ८ जना व्यक्तिको मृत्यु तथा २०७० सालदेखि यता ६ वटा हात्तिको मृत्यु भएको जानकारी पाइयो, मृत्यु हने हात्ति अन्त कतैबाट घाइते भएर यस क्षेत्रमा मरेको हन सक्ने तथा अन्य कालगति एवं विद्युतिय झट्काको कारण भएको अनमान गरिन्छ । गाउँलेहरुले जनधनको क्षतीबाट पाउने राहत निकै झन्झटिलो भएको करा व्यक्त गरेका छन् ।
यसैगरी हामिले बुद्धशान्ति गाउँपालिका क्षेत्रका विद्यालयमा अध्ययन गर्ने कक्षा ८, ९, १० तथा ११ र १२ का जम्मा ५०३ जना विद्यार्थी माझ एक सर्वेक्षण गरेका थियौं, सर्वेक्षणको नतिजामा यो क्षेत्र मानव हात्ति द्वन्द्व प्रभावित रहेको पाईयो । विभिन्न १० प्रजातिका जंगली जनावरहरूमा सबैभन्दा बढि मनपर्ने र सबैभन्दा कम मनपर्ने प्रजातिको सूची छान्न लगाउदा हात्तिलाई क्रमशः मन पराउने र कम मनपराउने विद्यार्थीहरूको संख्या समान पाईयो । विद्यार्थीहरूले हात्ति प्रति अन्धविश्वासको बाबजुद पनि, हात्तीलाई संरक्षणको लागि उच्च प्राथमिकतामा राखिएको पाईयो जबकि त्यस्तै १० वटा जंगली जनावरहरु मध्ये हात्तिको तुलनामा अन्य जनावरहरुलाई उच्च संख्यामा मन नपराएको पाईयो । (हेर्नुहोस तालिका : १)

तालिका : १
यस क्षेत्रमा देखिने हात्तिको बानि ब्यहोरा
धेरै संख्यामा माइग्रेटरी (प्रवासीे) हात्तिहरू मेची नदी हुदै रातको समयमा नेपाल पवेश गर्छन र रातको समयमा नै फर्किन्छन् । झापा वाहुनडाँगी क्षेत्रमा १८ कि.मी. सौर्य बिजुली फेन्सको शुरुवातको समय भारतवाट नेपाल प्रवेश गर्ने हात्तिको संख्या निकै कमि भएपनि सौर्य बिजुली फेन्सको कमजोर व्यवस्थापन र मर्मत संभारको कमिले हात्तिको संख्या बढ्न गएको अवस्था छ । जलथल, चारआली, मागुरमाडी, तेलपानी, बहुवन, हम्सेदुम्से लगायतका वनक्षेत्रहरुमा दिनमा र चियावारी तथा खेतबारीमा रातको समयमा बढि देखा पर्ने गरेको पाइएको छ ।
मानव हात्ति द्धन्दका कारणहरु
मानिसहरूले हात्तिलाइ भगवान गणेशको रूप मानेका छन् तर धनजनको क्षतिले उनीहरूको मनोवृत्तिमा परिवर्तन आएको छ ।
मानव वस्तिहरुमा हात्तिहरु आएर धनजनको क्षति नष्ट गरिदिने र मानिसले पनि हात्ति मार्ने, घाइते वनाउने गरेको पाइन्छ ।
वन जंगल फडानी, वासस्थानको क्षति, आहाराको अभाव, मानव जनसंख्या बृदि, वनको क्षमता भन्दा बढि हात्तिको संख्या ।
तराई वन कृषि भूमिमा परिणत हुनु ।
वन क्षेत्रमा र मानवबस्तीबाट घेरीएर रहेका वन क्षेत्रहरू ।
ज्ांगलमा खाना र पानीको अभावका कारण मानव वस्तिहरु तथा कृषि वालीहरूमा हात्तिको आकर्षण ।
बुद्धशान्ति गाउँपालिका लगायत झापा जिल्ला सरकारद्धारा संरक्षित क्षेत्रको रुपमा नपरेको ।
हात्तिले परापूर्वकालदेखी प्रयोग गर्ने जैविक मार्गमा मानविय वस्तिको विस्तार ।
मानव हात्ती द्वन्द्वका चुनौतीहरु
द्वन्द्वका कारण मानव र हात्ती तर्फ भौतिक÷शारीरिक क्षति
मानवीय घर गोठ तथा अन्नबालीको क्षति
खेतीयोग्य जमिनहरु बाझिँएको अवस्था
वन जंगलमा जैविक विविधता संरक्षणमा कठिनाइ
जंगली हात्ति प्रति नकारात्मक प्रवृत्ति बढ्दो
वन अतिक्रमणको अवस्था
अत्याधुनिक उपकरण तथा प्रविधिको कमि
पर्याप्त श्रोत र साधनको दक्ष जनशतिmको कमी
मानव हात्ति द्वन्द्वका न्यूनिकरणका प्रयासहरु
हाल अपनाईएका अल्पकालिन प्रयासहरुः
टुङ्ग (वाचटावर) निर्माण
साईरन, टर्चलाईट, पटाका वितरण
प्रभावित क्षेत्रमा सशस्त्र टोली परिचालन
जन चेतना कार्यक्रम जस्तै एफ.एम, टेलिभिजन, पोस्टर,
छलफल अन्तक्र्रिया गरिने गरेको
समुदाय स्तरमा सामूहिक गस्ती
मानव हात्ति द्वन्द्व न्यूनिकरणका गर्न सकिने अन्य कार्य
पूर्व सुचनाको प्रणली(मोबाईल एस.एम.एस.)
अन्न भण्डारणको सामुहीक गोदाम घर वनाउने
सुरुङ्ग बार( ट्ेन्च) निर्माण
डमी फेन्सको प्रयोग
गस्ती तथा उद्धारका लागि थप व्यवस्था
मचान तथा सौर्य बत्तिको थप व्यवस्था ।
सरकारी एवं गैरह सरकारी निकायबाट गर्न सकिने कार्य
ईलिफेन्ट ट्रयाकिङ्ग डिभाईसको प्रयोगबाट हात्तिको अवस्था थाहा पाई पूर्व सावधानी अपनाउन सकिने ।
हिंस्रक,रोगी, असक्त हात्तिलाई निकुञ्ज तथा संरक्षण क्षेत्रमा स्थानन्तरण
फेन्स तथा सौर्य तारवारको निर्मार्ण
बैकल्पिक खेती जस्तै कागती, तेजपात, अम्लीसो जस्ता नगदे वालीको प्रबद्र्धन
जैविक बार(बायो फेन्स) जस्तै काँडेबास, कागती प्रवद्र्धन गरी जैविक बार बनाउने
कृषि तथा पर्या पर्यटनको प्रबद्र्धन गर्ने
धन—जनको बिमा गर्न आकस्मिक कोषको स्थापना
जैविक मार्गको स्थापना तथा व्यवस्थापन गर्न आवश्यक ।
भmापाको वाहुनडाँगी क्षेत्रमा सौर्य तारवारको रेखदेख तथा मर्मत हुन आबश्यक देखिन्छ
धनजनको क्षतिबाट प्राप्त हुने राहतको प्राप्ती सहज र सरल बनाइनु पर्ने ।
हात्तिको संख्या, चालचलन तथा खानपानको निरन्तर अध्यन तथा अनुसन्धान गर्न विज्ञ सहितको स्रोत तथा सुचना केन्द्र स्थापना गर्नु पर्र्नेे
मानव हात्ति द्वन्द्व न्युनिकरण गर्न स्रोत साधन सहितको विषेश ईकाई स्थापना गर्नु पर्दछ ।
गाउँपालिकाको वन जंगलले धान्न सक्ने हात्तिको संख्या एकिन गर्न अत्यन्त आवश्यक छ ।
जंगली हात्तिको मनोवृति तथा प्रवृतिको वैज्ञानिक तवरले अध्यन गरि द्वन्द्वको कारणहरू पत्ता लगाउनु पर्दछ ।
मानव हात्ति द्वन्द्व न्यूनिकरण गर्न सरकारी तथा गैर सरकारी निकाय संगको समन्वय आवश्यक देखिन्छ । साथै नेपाल भारत दुई देशिय समन्वयको पनि आवश्यक देखिन्छ ।
आगामि कार्ययोजना
सर्वेक्षण र जनचेतना आदिका नतीजाहरूबाट मानव हात्ति द्वन्द न्यूनिकरणका लागि वैज्ञानिक शिक्षा सामग्री (Green Guard ISBN: 2645-8608) को वितरणका साथै देशिय तथा अन्र्तदेशिय सहकार्यबाट माथि उल्लेखित वैज्ञानिक न्यूनिकरणका प्रयास गरिने ।






बुद्धशान्ति–६ मा जंगली जनावर धपाउने डमी बाघ ।

Email: bishwarijal@yahoo.com/ greenguardnepal@gmail.com



कमेन्ट गर्नुस्