विचार समाज

सिंहदरबारले नदेखेको सूर्यादयको गोर्खे


प्रज्वल भट्टराई

सुर्योदय नगरपालिकाको १ नम्बर वडा भौगोलिक हिसाबले सबै भन्दा ठूलो वडा हो । पुरानो ईतिहास बोकेको गोर्खे बजार सम्भवत जिल्ला भरिकै पुरानो बजार मध्येको एक हो। फिक्कल बजार बाट करिवन १५ किलोमिटरको दुरिमा अवस्थित यस बजार भौगोलिक कारणले लोभलाग्दो भएतापनि बिकासनिर्माणका कार्यक्रममा अत्यन्त पछाडी परेको छ।

लामबाट निर्वाचित भएर सिंहदरबार छिरेका राजनीतिक दलका नेताहरुको नजरमा हराएको गोर्खे बिकासको आशा बोकेर अझैपनी एकनासले श्रीङ्गारिन पर्खिरहेको छ। ‘

इलामबाट निर्वाचित भएर सिंहदरबार छिरेका राजनीतिक दलका नेताहरुको नजरमा हराएको गोर्खे बिकासको आशा बोकेर अझैपनी एकनासले श्रीङ्गारिन पर्खिरहेको छ। कतिपय इलामबासिलाइ नै थाहा छैन गोर्खे कहाँ छ भनेर ! सुर्योदयको मुख्य बजार फिक्कल र आसपासका अधिकतम वडा बासिलाई पानी गोर्खेले खुवाउने गरेको छ। यहाँको मुहान बाट पाइपलाइनको माध्यम बाट फिक्कल सम्म पानी पुग्दा पनि फिक्कल बाट गोर्खे जोडिने कालो पत्रे बाटो यस ठाउँल पाउन सकेन ।

पछिल्लो २० बर्ष देखि कल्पना गरेको कालो पत्रे आज सम्म कल्पनामै सिमित हुनु सम्पुर्ण गोर्खे वासी को लागि दुखद र निर्वाचित भएर गएका यस ठाउँलाइ नेतृत्व गर्न्र प्रतिनिधिहरुको लागि लज्जाको बिषय हो।
बर्खा यामको समयमा सवारी चलाउन अत्यन्त कस्टकर रहने यस ठाउँ बाट फिक्क्ल बजार सम्मको बाटो आजको समय सम्म पनि स्तरउन्नती नहुनुमा यस ठाउँ बाट जितेर गएका प्रतिनिधि र भौतिक पुर्वाधारको कुर्सी ओगटेर बस्नु भएका माननीयहरुको मनग्य लापरवाही देखिन्छ।

अधिकतम तराई बासिलाई श्री अन्तु र कन्यामको मोह धेरै छ। पक्की बाटो नबन्निनाले गर्दा यस ठाउँ पर्यटकलाई जौबारी, मेकमा, टङ्लु आदिको दृश्य देखाउनै सकेको छैन। रेड पान्डा, चित्रे गुम्बा आदि त झनै प्रवर्द्धन गर्नै सकेको छैन। राज्यको नजर खै किन हो किन गोर्खेमा परेकै छैन २०३० को दशकमा राजा बिरेन्द्रको सवारी हुँदा रातो कार्पेट ओछ्याएर स्वागत गरेको गोर्खे आज राज्यलाइ कालोपत्रे ओछ्याइदिन माग गर्दै छ। जिल्लाभरिकै पहिलो जलविद्युत उत्पादन गर्ने पावर हाउस आज खिया लागेर मक्काइरहेको छ।

पुर्वमा ब्यापारिक नजरले मुल नाका मानिने माने भञ्ज्याङ् , पश्चिम्मा माइजोगमाइ गाउँपालिकाको सिमाना उत्तरमा सन्दक्पुर गाउँपलिका र दक्षिणमा नगरपालिकाकै २ र ३ नम्बर जोड्ने यस ठाउँमा व्यापार र आयआर्जनको प्रसस्तै सम्भावना भएतापनि पक्की बाटो नबन्निनुनै आजको समय सम्म प्रमुख चुनौती बनेर अढिएको छ।

अधिकतम तराई बासिलाई श्री अन्तु र कन्यामको मोह धेरै छ। पक्की बाटो नबन्निनाले गर्दा यस ठाउँ पर्यटकलाई जौबारी, मेकमा, टङ्लु आदिको दृश्य देखाउनै सकेको छैन। रेड पान्डा, चित्रे गुम्बा आदि त झनै प्रवर्द्धन गर्नै सकेको छैन। राज्यको नजर खै किन हो किन गोर्खेमा परेकै छैन २०३० को दशकमा राजा बिरेन्द्रको सवारी हुँदा रातो कार्पेट ओछ्याएर स्वागत गरेको गोर्खे आज राज्यलाइ कालोपत्रे ओछ्याइदिन माग गर्दै छ। जिल्लाभरिकै पहिलो जलविद्युत उत्पादन गर्ने पावर हाउस आज खिया लागेर मक्काइरहेको छ। त्यस कारण यस ठाउँको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सरकारको ध्यान गए आर्थिक समृद्धिको पर्याप्त अवसर बोकेको गोर्खे प्रगतिपथमा लम्किने अवस्य थियो कि ?

सूर्योदय नगरपालिका – १ गोर्खे, इलाम / अशोज १०

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक